सशस्त्र प्रहरीले करिव साढे २ लाखको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटरले बरामद गरेको हो ।
बिज्ञापन
आज आइतबार बिहान ०७:२० मा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको ११ जनाको गाडी मोबाईल टोलीले ११५ बोरा करिव ५७५० के.जी. प्याज बरामद गरेको छ ।
बिज्ञापन
दुई लाख तीस हजार बराबरको प्याज बरामद गरी भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले बताए ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ०४ बसन्तपुर स्थित भारतबाट अबैध रुपमा नेपाल ल्याई जस्ताले छाएको टहरामा गोदाम गरी राखेको एसपी मगरले बताए ।