कानूनी नेपाली भाषाको भाषिक प्रशिक्षण सम्पन्न

सर्वाेच्च अदालतका इजलाश अधिकृत र कम्युटर अपरेटरहरुलाई दुई दिने कानूनी नेपाली भाषाको प्रशिक्षण दिइएको छ । सर्वाेच्च अदालतको सम्पादन शाखाले सर्वाेच्च अदालतमा कार्यरत इजलाश अधिकृत तथा कम्युटर अपरेटरका लागि कानुनी नेपाली भाषाको प्रयोग,शुद्धाशुद्धी तथा पदयोग र वियोगका सम्बन्धमा दुई दिने भाषिक प्रशिक्षण कार्यक्रम गरेको हो ।

बिज्ञापन

गत शुक्रवार र शनिवार चलेको प्रशिक्षण कार्यक्रम सर्वाेच्चका न्यायधीश हरि फुँयालको अध्यक्षतामा सम्पन्न भएको हो । भाषाविद्हरु तीर्थराज खतिवडा,दिनदयाल रेग्मी र रामचन्द्र फुँयालले प्रशिक्षण दिएका थिए ।

बिज्ञापन

उक्त कार्यक्रम हाल नेपाली भाषाको बर्णविन्यासमा रहेको दुविधा हटाइ भाषाको प्रयोगमा एकरुपता ल्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा उपस्थित भाषाविद्हरुले सर्वाेच्च अदालत अभिलेख अदालत भएका कारण नेपाली भाषाको शुद्धतामा ध्यान दिनुपर्नेमा भाषाविद्हरुले जोड दिएका छन् । भाषाविद्हरुले कानुनी भाषाको मौलिक परम्परा र इतिहासलाई बचाउँदै भाषालाई सरल,बोधगम्य हुने गरी प्रयोग गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

शब्दको अर्थ बिषयगत रुपमा फरक फरक हुने हुँदा सन्र्दभ अनुसार प्रयोग गर्नुपर्ने,कानुनी शब्दहरुको प्रयोगमा एक रुपता ल्याउन कानुनी शब्दकोषको निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
५५ जना सहभागिता रहेको उक्त कार्यक्रमको संयोजक नेपाल कानुन पत्रिकाको संयोजक दीक्षा प्रधानाङ्गले गरेकी थिइन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल मणिपाल शिक्षण अस्पताल र सशस्त्र प्रहरी बल बीच स्वास्थ्य परीक्षण सुविधा सम्बन्धी सम्झौता

चार सहसचिवको सरुवा,राजश्वको क्याडरलाई महानिर्देशक बनाउने तयारी

पूर्व प्रधानमन्त्रीलाई ३५ लाख,पूर्व सचिवसँग ५ लाख

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तिर्थराज चिलुवालको सम्भावना बलियो

तालिमको रफ्तार वृद्दि गर्दै विद्युत प्राधिकरण

‘कुलिङ पिरियड’ निजामती विधेयकमा होइन, समग्र सेवा कानुनमै राख्नुपर्छ : मैनाली

गृहका चार सहसचिवको सरुवा,दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मन्त्रालयका सचिवहरूलाई लेखा समितिको एक दर्जन प्रश्न

बिशेष