कानूनी नेपाली भाषाको भाषिक प्रशिक्षण सम्पन्न

सर्वाेच्च अदालतका इजलाश अधिकृत र कम्युटर अपरेटरहरुलाई दुई दिने कानूनी नेपाली भाषाको प्रशिक्षण दिइएको छ । सर्वाेच्च अदालतको सम्पादन शाखाले सर्वाेच्च अदालतमा कार्यरत इजलाश अधिकृत तथा कम्युटर अपरेटरका लागि कानुनी नेपाली भाषाको प्रयोग,शुद्धाशुद्धी तथा पदयोग र वियोगका सम्बन्धमा दुई दिने भाषिक प्रशिक्षण कार्यक्रम गरेको हो ।

बिज्ञापन

गत शुक्रवार र शनिवार चलेको प्रशिक्षण कार्यक्रम सर्वाेच्चका न्यायधीश हरि फुँयालको अध्यक्षतामा सम्पन्न भएको हो । भाषाविद्हरु तीर्थराज खतिवडा,दिनदयाल रेग्मी र रामचन्द्र फुँयालले प्रशिक्षण दिएका थिए ।

बिज्ञापन

उक्त कार्यक्रम हाल नेपाली भाषाको बर्णविन्यासमा रहेको दुविधा हटाइ भाषाको प्रयोगमा एकरुपता ल्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा उपस्थित भाषाविद्हरुले सर्वाेच्च अदालत अभिलेख अदालत भएका कारण नेपाली भाषाको शुद्धतामा ध्यान दिनुपर्नेमा भाषाविद्हरुले जोड दिएका छन् । भाषाविद्हरुले कानुनी भाषाको मौलिक परम्परा र इतिहासलाई बचाउँदै भाषालाई सरल,बोधगम्य हुने गरी प्रयोग गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

शब्दको अर्थ बिषयगत रुपमा फरक फरक हुने हुँदा सन्र्दभ अनुसार प्रयोग गर्नुपर्ने,कानुनी शब्दहरुको प्रयोगमा एक रुपता ल्याउन कानुनी शब्दकोषको निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
५५ जना सहभागिता रहेको उक्त कार्यक्रमको संयोजक नेपाल कानुन पत्रिकाको संयोजक दीक्षा प्रधानाङ्गले गरेकी थिइन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

बिशेष