फर्जी कागजमा १९ लाख भुक्तानी,शाखा प्रवन्धकसहित ४ जनालाई तोकियो कैद सजाय

राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालीन प्रबन्धक रामजनक चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

बिज्ञापन

सोनापुर सिमेन्ट फ्याक्ट्रीको सडक बनाउने तीनवटा निर्माण कम्पनी र मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङबीचको सम्झौताका लागि फर्जी अग्रिम भुक्तानी जमानीपत्र बनाएर भुक्तानी दिएको अभियोगमा चौधरी दोषी ठहर भएका हुन् ।विशेष अदालत काठमाडौंका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेज नारायणसिंह राई र रामबहादुर थापाको इजलासले आइतबार फैसला सुनाउँदै चौधरीसहित चार जनालाई दोषी ठहर गरेको हो ।

बिज्ञापन

इजलासले चौधरीलाई १० महिना कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । फर्जी अग्रिम भुक्तानी जमानी पत्रको नवीकरणमा हस्ताक्षर गरेर १९ लाख ३५ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा चौधरीविरुद्ध विशेषले भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिमको कसुरमा १० महिना कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको हो ।

चौधरीसँगै निर्माण व्यवसायीहरू बीटी निर्माण सेवाका निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवाका प्रोप्राइटर अर्जुनबहादुर बुढाथोकी र टौदह कन्सट्रक्सनका प्रतिनिधि पुन्नबहादुर शाहीलाई पनि अदालतले दोषी ठरह गरेको छ ।उनीहरूले २०७० पुस २८ मा १९ लाख ३५ हजारको फर्जी अग्रिम भुक्तानी जमानीपत्र तयार गरि सोबापत उतीनै रकम पेस्की लिएर मतियारको रुपमा काम गरेको फैसलामा उल्लेख छ।

बिज्ञापन

उनीहरूलाई जनही २० हजार जरिवानासहित पाँच महिना कैद सजाय हुने फैसला भएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा विद्येयकमा ६ हजार बढी सुझाव,अधिकांश व्यक्तिकेन्द्रित

स्टार्टअप इकोसिस्टम सुदृढीकरणमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको अग्रसरता : नीति, लगानी र नवप्रवर्तनमार्फत आत्मनिर्भर अर्थतन्त्रतर्फ नेपाल

सेटिङका मास्टर सचिव सिग्देल : अकुत सम्पत्ति, ओम अस्पताल र सरकारी जग्गा विवादमा घेराबन्दी

कालोबजारी रोक्ने निकायमै मिलेमतो: महानिर्देशक ज्ञवाली र झामाथि व्यापारीसँग सेटिङ

संस्थागत समाजिक उत्तरदायित्वको आयाममा निजी क्षेत्रको भूमिका

स्थानीय प्रशासनका ‘फिल्ड अफिसर’ : युवराज आचार्यको सेवा यात्रा

सडक विभागका कर्मचारी अटेरी

निजामतीका दुई सन्तानलाई स्नातकसम्म सरकारले निशुल्क पढाइदिने

बिशेष