एकीकृत समाजवादीका दुई मन्त्री फिर्ता हुँदै

प्रदेश सरकार गठनका लागि निर्णायक मानिएको एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएसँगै एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो । अहिले एकीकृत समाजावदीबाट उक्त प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली सहभागी रहेका छन् ।

बिज्ञापन

ती दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी भइरहेको एकीकृत समाजवादीले जनाएको छ । जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो । यस अघि नै सो प्रदेश सरकारबाट एमाले र माओवादी फिर्ता भैसकेका छन् ।

बिज्ञापन

१ सय ७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । मधेश प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७, जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आईजीपी राजु अर्यालको चार वर्ष : नीतिगत सुधारदेखि सीमा सुरक्षासम्मको व्यापक परिवर्तन

अर्थ मन्त्रालय र महालेखाका कर्मचारीको खातामा १५ दिनको तलब

पाँच अध्यादेश ल्याउँदै सरकार,राष्ट्रपति परामर्शमै

सरकारले दुई सातामै दोश्रो पटक बढायो सार्वजनिक यातायातको भाडा

कर्मचारी कोही राजीनामा दिँदै,केही बिदा बस्दै

संघीय निजामती सेवा विद्येयकमा ६ हजार बढी सुझाव,अधिकांश व्यक्तिकेन्द्रित

स्टार्टअप इकोसिस्टम सुदृढीकरणमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको अग्रसरता : नीति, लगानी र नवप्रवर्तनमार्फत आत्मनिर्भर अर्थतन्त्रतर्फ नेपाल

सेटिङका मास्टर सचिव सिग्देल : अकुत सम्पत्ति, ओम अस्पताल र सरकारी जग्गा विवादमा घेराबन्दी

बिशेष