छानबिनमा तानिए पूर्वसचिव र पूर्वसहसचिव

३६ सालमा सीडिओ हुँदा गरेको बदमासी ५० बर्षपछि छानबिनको दायरामा आउँदा एक बयोवृद्ध पूर्व सचिवविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यही प्रकरणमा अघिल्लो महिनामात्र महानिर्देशकबाट हटेका अर्काे सहसचिवविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कैलाश सिरोहियालाई नागरिकता दिने दुई पूर्वप्रशासकलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।

बिज्ञापन

२०३६ सालमा नागरिकता दिने शरद कुमार भट्टराई र २०५६ सालमा प्रतिलिपि दिने काशिराज दाहाल छानविनमा तानिएका हुन् । भट्टराईले २०३६ सालमा वंशजको नागरिकता प्रदान गरेको भेटिएको छ । नेपाल सरकारको सचिव पदबाट अवकाश लिइसकेका भट्टराई धनुषाको प्रमुख जिल्ला अधिकारी हुँदा सिरोहियाको नागरिकतामा हस्ताक्षर गरेका थिए । भट्टराई २०३१ सालमा उदयपुर र त्यसपछि २०३६ सम्म धनुषाको सिडिओ भएको पाइएको छ ।भट्टराई ५४ माघ २ देखि ०५५ बैशाख १४ गतेसम्म गृह सचिव भएर काम गरेका थिए ।

बिज्ञापन

यस्तै ५६ सालमा प्रतिलिपि लिने सहसचिव काशीराज दाहाल पनि अनुसन्धानको दायरामा तानिएका छन् । महिना दिनअघि मात्र सहसचिव पदबाट अवकाश पाएका हुन दाहालले । दाहालले हालैमात्र कारागार व्यवस्थापन विभागको महानिर्देशकबाट अवकाश पाएका हुन । अहिले यी दुबै विरुद्ध पक्राउपूर्जी समेत जारी भइसकेको छ ।

कानूनअनुसार सिरोहियाले अंगिकृत नागरिकता पाउनुपर्नेमा बंशजको नागरिकता लिएको अनुसन्धानबाट पुष्टि भएको छ । अर्को व्यक्तिको नम्बर राखेर नियोजित रुपमा त्यसरी बंशजको नागरिकता लिएको दाबी प्रहरीको छ । साथै, उमेरको विवरण समेत गलत राखेको देखिएको छ ।अंगीकृत नागरिक घाँसीराम सिरोहियाका छोरा कैलाशले वंशजको नागरिकता कसरी पाए भनेर भट्टराईलाई अहिले तानिएको छ । उनको परिवारका अन्य दाजुभाइको अंगीकृत नागरिकता पाएको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष