स्थानीय प्रशासन सेवातर्फका १६ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन सेवाका १६ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
बिज्ञापन
बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवा,प्रशासन समूह,प्रशासकीय अधिकृत सातौं तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौं तहमा ३ गरी १६ जना बढुवाका लागि सिफारिस भएका छन् ।
बिज्ञापन
उनीहरुलाई कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस भएकामा मोतिराज पोखरेल,राजेन्द्र पौडेल,नुमनाथ पाध्या,काशिराज पौडेल,खुमलाल लामिछाने,प्रताप शर्मा,सन्तोष ढकाल,हरिहर पनेरु,ऋृषिराम शर्मा,ध्रुवलाल न्यौपाने,भेषबहादुर जि.टी,लाल प्रसाद न्यौपाने र आराम थापा मगर छन् ।
यस्तै प्रशासन सेवा, लेखा समूहका मनि राना मगर,दिपेन्द्र अर्याल र विष्णुप्रसाद रेग्मी रहेका छन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























