२४ बर्षे अनिलको अवैद्य धन्दा : ५५ बैंकमा खाता, २ अर्ब १ करोडको कारोवार

काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ का २४ वर्षीय अनिल ढुंगाना शैक्षिक योग्यता स्नातक तह उत्र्तिण गरेका उनी इन्फर्मेसन टेक्नोलोजीमा दख्खल राख्छन् । तर सिकेको ज्ञान र अनुभवलाई गलत ठाउँमा प्रयोग गर्दा र छिट्टै धनी बन्ने सपना देख्दा उनी अन्तत प्रहरीको फन्दामा परेका छन् ।

बिज्ञापन

अनिल डिजिटल प्लेटफर्ममार्फत अवैध जुवा खेलाउने वान एक्स वेटको माध्यमबाट फेसबूकमै साथी बनेकाहरूको नाममा विभिन्न बैंकमा ५५ वटा खाता खोलेर  खातालाई ११ वटा कनेक्ट आईपीएसमा जोडेर ४८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै, १५ वटा वालेटमार्फत पाँच करोड ९३ हजार ७८२ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ ।

बिज्ञापन

डिजिटल सट्टेबाजी प्ल्याटफर्म ‘एक्सबेट’ तथा ‘क्रिप्टो’को कारोबार गर्दै आएका अनिललाई पक्राउ गरेर आज प्रहरीले सार्वजनिक गरेको हो ।  काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–८ घइ भइ हाल भक्तपपुर बस्दै आएका २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले सार्वजनिक गरेको हो । उनले सामाजिक सञ्जालमा ‘जुवा ३६५’ नामक पेज मार्फत सट्टेबाजीको प्रचार गर्दै आएको अनुसन्धानबाट खुलेको बताइएको छ ।

उनले हालसम्म ५६ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर २ अर्ब १ करोड बराबरको अवैध कारोबार गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीले जानकारी दिए । अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्डसमेत बनाएको पाइएको परिवर्तन गरेर भारतको आधार कार्ड, पान कार्ड, दिल्ली मेट्रो कार्ड, एरटेल कम्पनीको सीमकार्ड प्रयोग गर्दै आएको पाइएको छ ।

बिज्ञापन

उनको साथबाट भारतीय एचडीएफसी बैंकको चेकबुक, एटीएम कार्डलगायत एयरटेल कम्पनीको सिमकार्डपनि बरामद भएको छ । अनिलले हालसम्म बैंकमार्फत ६१ कारोड ६४ लाख ५९ हजार एक सय २० रुपैयाँ कारोबार गरेको खुलेको छ । डिजिटल वालेटबाट ५ करोड ९३ हजार सात सय ८२ रुपैयाँ तथा क्रिप्टोकरेन्सीमबाट १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार दुई सय रुपैयाँ कारोबार गरेको देखिन आएको छ ।

कारोबारमा विभिन्न व्यक्तिहरुको नाममा रहेका ११ वटा कनेक्ट आईपीएस प्रयोग भएको देखिन्छ । त्यसका लागि कारोबारमा ५५ वटा बैंक खाता लिंक गरेको पाइएको छ । अनिलमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ र बैंकिङ कसुर तथा सजाय ऐन २०६४ (३) को कसुरमा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष