लेखा समूहका २१ हाकिमहरुको सरुवा

महालेखा नियन्त्रक कार्यालयका झण्डै दुई दर्जन उपसचिव एकैचोटी सरुवा भएका छन् । कार्यालय मातहत विभिन्न निकायमा कार्यरत तिनको सरुवा गरिएको हो ।

बिज्ञापन

जसअनुसार विद्युत विकास विभागका भीमप्रसाद रेग्मी खानेपानी तथा ढल व्यवस्था विभागमा सरुवा भएका छन् । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना,सुर्खेतमा कार्यरत नवराज घिमिरेलाई काठमाडौँस्थित युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा ल्याइएको छ ।

बिज्ञापन

कोष तथा लेखा नियन्त्रक कार्यालय, सिन्धुपाल्चोक दरबन्दी भएका केशवराज सुवेदीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । कोषको मकवानपुर जिल्ला कार्यालयमा कार्यरत रमेश अर्याललाई कास्कीस्थित सोही कार्यालयमा पठाइँदा कैलालीको रानी जमरा गुलरिया सिन्चाई आयोजनाका मुक्तिनाथ न्यौपाने सार्वजनिक खरिद अनुगमन कार्यालय,काठमाडौं आएका छन् ।

कोषको जिल्ला कार्यालय कपिलवस्तुका भीमार्जुन ज्ञवाली स्वास्थ्य बीमा बोर्डमा आएका छन् भने शहरी खानेपानी तथा सरसफाइ आयोजनाका पुष्प गुरागाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा सरुवा भएका छन् ।

बिज्ञापन

त्यस्तै,कोषको जुम्ला कार्यलयका जागुराम चौधरी विद्युत विकास विभागमा ल्याइएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रमेश पौडेललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लगिएको छ ।

काठमाडौंस्थित खानेपानी तथा ढल व्यवस्थापन विभागका कमल सापकोटालाई वन तथा भूसंरक्षण विभाग पठाइएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय,सप्तरीका शरणहरि लुइँटेल सिन्धुपाल्चोकस्थित सोही कार्यालयमा सरुवा भएका छन् ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, काठमाडौंमा कार्यरत अशोककुमार गिरीलाई कोषको सिराहा कार्यालय पठाइएको छ । गुल्मीका छविन्द्र बेलबासे अर्घाखाँचीस्थित सोही कार्यालय पुगेका छन् ।

महालेखा नियन्त्रक कार्यालय काठमाडौंकी मञ्जुकुमारी जैसी ढकाललाई कोषको रुपन्देही कार्यालय सरुवा गरिएको छ पुगेकी छन् भने वन तथा भूसंरक्षण विभागका भवराज जोशीलाई कोषको लमजुङ कार्यालय पठाइएको छ ।

यस्तै, महालेखा नियन्त्रक कार्यालयका दिनेश रेग्मी मकवानपुरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सरुवा हुँदा कोषको सर्लाही कार्यालयका निर्मल न्यौपाने सुनसरीस्थित सोही कार्यालय पुगेका छन् ।

रौतहटस्थित कार्यालयमा कार्यरत राजनकुमार फुयाललाई सुनसरी मोरङ सिँचाई आयोजना, मोरङ पठाइएको छ । कोषको सल्यान कार्यालयका रुक्मागत अर्याल कपिलवस्तु लगिएका छन् ।

यसैगरी, कोषको ओखलढुंगा र बैतडी कार्यालयका भुपेन्द्रबहादुर मल्ल र मदन मगराती क्रमशस् रामेछाप र सुर्खेतस्थित सोही कार्यालयमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवाको विकास मोडेल : केन्द्र होइन, रसुवालीले तय गर्ने भविष्य

संकटको सडकमा समाधानको इन्जिनियर: भण्डारी नेतृत्वको डिभिजन सडक यात्रा

हरेक चुनावमा चिन्ह फेरिरहने एक उमेद्धार,यस पटक सूर्यबाट सिफारिस

सिन्धुलीबाट पूर्व मन्त्री,लेखा अधिकृतदेखि भूगोलविद्सम्म सिफारिस

 चेतनात्मक विकास र प्रकृति संरक्षण         

सहरी विकास मन्त्रालय : सुधारको परीक्षा कि पुरानै सेटिङको निरन्तरता?

भक्तपुर मालपोत कार्यालयमा बिचौलिया–सेटिङ र घुस असुलीको जालो, करोडौँको चलखेलको आरोप

किन भुत्ते भए भ्रष्टाचार नियन्त्रणका लागि खडा भएका सरकारी संयन्त्र ?

बिशेष