नबिल बैंकको लुटप्रकरणरको नालीबेली : बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

वीरगञ्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट पैसा चोरी भएको छ।

बिज्ञापन

आइतबार राति करिब ७ जनाको अज्ञात समूहले बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

बिज्ञापन

चाेरी बारे मंगलबार मात्र बैंकले उजरी दिएकाे उनले जनाए । चाेरीमा संलग्न केहीलाई पक्राउ गरि अनुसन्धान भइरहेकाे प्रवक्ता थापाले वताए । तर उनले पक्राउ परेकाहरु संख्या पनि खुलाउन चाहेनन् ।

चाेरीकाे घटना बारे साेमबार विहानै बैंक र प्रहरी दुबैलाई थाहा भएपनि वताउन चाहेका थिएन । केही संचारमाध्यमले साेमबार नै बैंकमा चाेरी भएकाे समाचार प्रकाशन गरेका थिए । तर चाेरी बारे पर्सा प्रहरीका प्रवक्ता डिएसपी थापासंग बुझ्दा आधिकारिक जानकारी नभएकाे वताएका थिए । बैंकका जिम्मेवार अधिकारीहरुले पनि फाेन सम्पर्कमा आउन चाहेका थिएन । बैंकले अझै सम्म प्रहरी वाहेक अधिकारी रुपमा चाेरी बारे केही जानकारी गराएकाे छैन ।

बिज्ञापन

चोरी भएकै कारण साेमबार बाइपास शाखाबाट कारोबार भएको थिएन । ‘यस शाखामा विशेष कारणवश कारोबार हुन नसकेकोले नजिकैको वीरगंज शाखा र पावर हाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दछौ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ,’ शाखा कार्यालयको गेटमा सूचना टाँसिएको थियाे ।

तर चाेरी भएकै कारण बैंककाे सेवा प्रभावित भएपनि साेमबार नै बैंकले प्रहरी कार्यालय किन उजरी दिएन ? चाेरी बारे वीरगंजका पत्रकारहरुलाई थाहा भएपनि पनि बैंकका अधिकारीहरुसंग बुझ्न चाहँदा किन बताउन मानेन ? पर्सा प्रहरीलाई चाेरीकाे घटना बारे माैखिक जानकारी भएपनि किन बताउन मानेका थिएन ? पर्सा प्रहरीका प्रवक्ता थापाले चाेरीकाे घटना बारे आधिकारी जानकारी नभएकाे वताएपछि पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुमाेद ढुंगेलसंग पनि फाेनमा सम्पर्क गर्न खाेज्दा उनले पनि कुरा गर्न चाहेका थिए । के प्रहरी र बैंक दुबैले चाेरीकाे घटना लुकाउन चाहन्थ्याे ?

सामाचार स्राेतका अनुसार नबिल बैंकको शाखाबाट गत आइतबार राति पाँच जनाको संख्यामा रहेका चोरहरुको समुहले मूल गेटको ताल्चा फोडेर भित्र प्रवेश गरी टिनको बाक्सामा रहेको १ सय र २० रुपैयाँको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ बोरामा हालेर लगेको बैंकको सिसिटिभीको फुटेजमा देखिएको छ ।

बैंकको भल्टभित्र रहेको फलामे सेफमापनि ५ करोड भन्दा बढी नै रकम राखिएको थियो । तर चोरहरुले टिनको बाकसमा रहेको रकममात्रै चोरेर लगेको र सेफमा रहेको रकम भने सेफमै सुरक्षित अवस्थामा रहेको थियो । चाेरी भएकाे बैंककाे शाखामा रातीकाे समयमा सुरक्षा गार्ड राखिएकाे थिएन ।

बैंकमा चोरी गर्नुभन्दा पहिले चोरहरुको समुहले गत आइतबार वीरगन्जको नयाँ बसपार्कस्थित रानीपोखरी होटलमा छोटेलाल जयसवालको नाममा कोठा बुक गरेर बसेको थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष