एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनशिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।

बिज्ञापन

यही वैशाख २४ गते ललितपुरस्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो ।

बिज्ञापन

बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरुलाई जनही २५ हजार र सम्मानपत्र सहित सम्मान गरेको हो । साथै, उक्त कार्यक्रमकाबीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ ।

पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानसिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिदै वाफ महिला च्याम्पियनशिप २०२४ को फाइनल सम्म पुगेर उपविजेता बन्न सफल भएको थियो ।

बिज्ञापन

साथै, उक्त कार्यक्रमकाबीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ ।पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोली फाइनल सम्म पुगेर उपविजेता बन्न सफल भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन अधिकार कटौती प्रति कर्मचारी संगठनहरूको कडा आपत्ति, आन्दोलनको चेतावनी

पर्यटन मन्त्रालयका ३३ पदाधिकारी पदमुक्त

ऊर्जा मन्त्रालयका उच्च पदाधिकारी एकैपटक पदमुक्त, अध्यादेशपछि व्यापक प्रभाव

सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

बिशेष