चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक गरिएको छ।

बिज्ञापन

मंगलबार सार्वजनिक ‘रिमै’ बोलको गीतमा देबेन्द्र बराल र मुना ठटालको स्वर छ। सुवास भुसालको शब्द रहेको गीतका शब्द दिनेश राउतले लेखेका हुन्।

बिज्ञापन

सार्वजनिक गीतको भिडिओमा दृश्यहरूले फिल्मको थिम प्रस्तुत गरेका छन्। पुजारको चरित्र निर्वाह गरेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली तथा मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम सम्बन्धलाई भिडियोमा देखाइएको छ। अभिनेता पल शाह पनि भिडिओमा देखिएका छन्।

सार्वजनिक गीतमा पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली, मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम र दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ। गीतमा दिनेश राउतको शब्द, सुवास भुसालको सङ्गीत र देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ।

बिज्ञापन

यसअघि पहिलो कोसेली स्वरुप चलचित्रमा समावेश ‘दर्शन गरेँ’ बोलको गीत सार्वजनिक गरिएको थियो।

चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन्। प्रदीप खड्कालाई दमाहा बजाउँदै गरेको देखाइएको छ तर उनको पूर्ण परिचय भने खुलाइएको छैन। पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ।

चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

बिशेष