बसन्त चौधरीदेखि प्रतापजंग पाण्डेसम्मले तिरेनन कर,ठूला करदाता कार्यालयले दियो १५ दिनको समय

व्यापारिक घराना चौधरी ग्रुपको लगानी रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले आयकर नतिरेको भेटिएको छ । आयकर नतिर्ने चौधरी समूहको लगानी रहेको नर्भिकसहित विभिन्न २५ वटा करदाताको सूची ठुला करदाता कार्यालयले सोमबार सार्वजनिक गरेको छ ।

बिज्ञापन

कर तिर्न अटेर गर्नेमा सरकारी स्वामित्वको कृषि सामाग्री केन्द्रदेखि उदयपुर सिमेन्ट,जनक शिक्षा सामाग्रीसम्म रहेका छन् । यस्तै कर दाखिला नगर्नेमा विजय राजभण्डारी अध्यक्ष रहेको सिइ कन्स्ट्रक्सनसमेत रहेको छ । यस्तै प्रतापजंग पाण्डेहरुको लगानी रहेको कसमस सिमेन्टले कर दखिला नगरेको भन्दै १५ दिनभित्र कर दाखिला गर्ने ठूला करदाता कार्यालयले सूचनामा भनेको छ । यस्तै आनन्दराज बतासहरुको बतास आर्दश प्रालि,सुमेरु वचत,गण्डकी विकास बैंकसम्मले कर दाखिला गरेका छैनन । कर दाखिला गर्न विभिन्न मितिमा अनुरोध गरिएपनि दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो । कार्यालयका अनुसार केही करदाताले पूरा कर दाखिला नगरेको र केहीले भने दाखिला नै नगरेको देखिएको छ ।

बिज्ञापन

सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्नुहुन वा दाखिला गरिसकेको भए सोको प्रमाण पेश गर्नुहुन अनुरोध छ ।’

तोकिएको अवधिभित्र कर दाखिला नगरेमा आयकर ऐनअनुसार कारबाही हुने कार्यालयको सूचनामा उल्लेख छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष