गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने भएको छ । यस सम्बन्धमा नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट र बैंकबीच मंगलबार सम्झौता भएको छ ।
बिज्ञापन
उक्त सम्झौता–पत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटका तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि राजभण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंक लिमिटेडबाट आधार दरमा नै अधिकतमा १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन ।
बिज्ञापन
ग्राहकहरूले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन । सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेटले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमाविकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।