फर्चुन होटल्स भक्तपुरमा खुल्याे,यस्ता छन् सुविधा

भारतको चर्चित आईटीसी ग्रुप अफ होटल्स अन्तर्गतको फर्चुन होटेलले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । हिलटेक कम्पनीका लगानीकर्ता कमल जैनले भारतीय होटल ग्रुप आईसीटीसँग मिलेर भक्तपुरको साँगामा ‘फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पा’ सञ्चालनमा ल्याएका छन् ।

बिज्ञापन

फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै फर्चुन होटलका प्रबन्ध निर्देशक समिर एमसीले भने, ‘नयाँ आर्थिक वर्ष ०८१/८२ को सुरुवातमै फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुशी छौं, भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौं, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकको पहिलो रोजाइमा पर्छ, त्यसैले हामी हाम्रो सञ्जालको प्रयोग गर्दै फर्चुन होटल्सकाे सुविधा नेपालमा ल्याउन चाहन्छौं ।’

बिज्ञापन

हिलटेक हेल्थ एण्ड होम्स् प्रालिका अध्यक्ष कमल जैनप्रति कृतज्ञता व्यक्त गर्दै समिर एमसीले थप भने, ‘भक्तपुरमा हाम्रो पहिलो रिसोर्ट सुरु गर्दैगर्दा सांस्कृतिक रूपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रूपमा रहेको भक्तपुरमा यस्तो रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेकोमा हामी होटल सञ्चालकहरूलाई बधाई दिन चाहन्छौँ, विश्वकै अग्लो शिव मूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको छ, यो अवधारणाले नेपाल आउने पर्यटकहरूको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्नेछ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्यमशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताएका छन् ।

बिज्ञापन

एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फच्र्युन रिसोर्ट एन्ड वेलनेस स्पाको आज एक समारोहबिच उद्घाटन गर्दै उनले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका आधारमा सरकारले अनुदान तथा सहुलियत दिने बताए ।उनले नेपालमा खाद्यान्न आयातलाई प्रतिस्थापन गर्न नेपालमै आवश्यक खाद्यान्न उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए । मन्त्री भण्डारीले बाह्य लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताए । नेपालका अन्य क्षेत्रमा पनि लगानी गर्न सरकार प्रोत्साहन गर्ने उनको धारणा थियो ।

जल सम्पदाको अपार धनी नेपालमा ऊर्जाको विकास नै समृद्धिको आधार भएको मन्त्री भण्डारीको भनाइ थियो । उनले सरकारले उद्यमशीलताका माध्यमबाट राष्ट्रिय पुँजी निर्माण गरी रोजगारी सृजना गर्न सके मात्र ‘सुखी नेपाली र समृद्ध नेपाल’को आकाङ्क्षा पूरा हुने बताए ।

यस्ता छन् सुविधा

थुप्रै फराकिलो ब्यांकवेटहरू रहेको रिसोर्टले वैवाहिक गन्तव्यका रूपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ।

शान्त वातावरणमा अवस्थित फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ति खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् । प्रत्येक कोठा अत्याधिक आरामदायी बनाइएको छ ।

रिसोर्टमा स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रूम, जिम, स्विमिङ पुलजस्ता विभिन्न आरामदायी सुविधा उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

बिशेष