उपमेयरकै दबाबमा सिनियर कर्मचारीको शाखा खोसेर जुनियरलाई बनाइयो हाकिम

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा अनियमितता चुलिएको छ । स्थायी कर्मचारीहरुलाई जोकरफाल्तु बनाएर करार र दबन्दीभन्दा बाहिरका कर्मचारीहरुलाई वडा सचिवको जिम्मेवारी दिइएकै थियो । सिनियर कर्मचारीको शाखा खोसेर हालैमात्र जुनियर कर्मचारीलाई शाखा प्रमुख बनाइएको बिषय उत्कर्षमा पुगेको छ,त्यहाँ ।

बिज्ञापन

जिल्लामा  ६१ वटा वडा छन् । नगरपालिकाको सबैभन्दा ठूलो र बजार क्षेत्रको १ नम्बर वडामा करार र दरबन्दी बाहिरका सचिवलाई जिम्मेवारी सम्हाल्दै आएका छन् । दरबन्दीभन्दा बाहिरको सीता बिसीलाई त्यहाँको वडा सचिवको जिम्मेवारी दिइएको भेटिएको छ । यस्तै पालिकाकै कर्मचारीहरुका अनुसार,चार नम्बर वडामा समेत कम्युटर अपरेटर लक्ष्मण अचार्यलाई वडा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।कर्मचारी कम भएका कारण करारका कर्मचारीलाई वडा सचिव बनाउनु परेको जनप्रतिनिधिहरुले तर्क गरेका छन् ।

बिज्ञापन

जुनियर,दरबन्दी बाहिरको साथै करारका कर्मचारी च्याँपिदैं आएको नगरपालिका र त्यहाँका जनप्रतिनिधिको आँखाको तारो बन्न पुगेका छन्,लोकसेवा लडेर २० औ बर्षदेखि अनुभवले खारिएका सिनियर कर्मचारी । यस्को एउटा उदाहरण हुन बेलुकमारी परियार । पाँच बर्षदेखि नै नगरपालिकाको महिला तथा बालबालिका शाखा सम्हाल्दै आएकी परियार,पाँचौ तहकी कर्मचारी हुन । हालैमात्र शाखा खोसेर उनीभन्दा जुनियरलाई शाखा प्रमुखको जिम्मेवारी दिएसँगै त्यहाँ भएको गडबडी सहतमा आएको हो ।
जागिरे जीवनको लामो कालखण्ड महिला विकास कार्यालयमा निमित्त प्रमुख भएर चलाएकी बेलकुमारी कर्मचारी समायोजनपछि सन्धिखर्क नगरपालिकामा पुगेकी थिइन । उनी ७५ सालदेखि नै महिला तथा बालबालिका शाखाको प्रमुख र ३ नम्बर वडा सचिवको जिम्मेवारी सम्हाल्दै आएकी थिइन ।

हालैमात्र त्यहाँको उपमेयर मिश्र आचार्यको ठाडो दबाबमा उनको शाखा खोसिएको बताइएको छ । उप प्रमुख मिश्र आचार्यको दवावमा सिनियर कर्मचारीको शाखा खोसेर जुनियर कर्मचारीलाई शाखा प्रमुख तोकिएको कर्मचारीहरु बताउँछन् । परियारको जिम्मेवारी खोसेर त्यहाँ २ नम्बर वडाको सचिवको समेत जिम्मेवारी निर्वाह गर्दै आएकी पुष्पा भुसाललाई ल्याइएको हो । परियारलाई शाखा प्रमुखबाट नहटाएसम्म कार्यपालिकाको बैठकमा उपस्थित हुन्न,केही पनि निर्णय गर्दिन भन्ने अड्डी लिएसँगै उनलाई जिम्मेवारीबाट हटाइएको हो ।
यद्यपि पालिकाको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले त्यस्तो असमझदारी नभएको जिकिर गरे । त्यहाँका मेयर कृष्ण प्रसाद श्रेष्ठले बेलकुमारीको जिम्मेवारी खोसिएको नभइ सहायक कर्मचारीको रुपमा पुष्पा भुसाललाई ल्याइएको र शाखा प्रमुख बेलकुमारी नै भएको दावी गरे ।

बिज्ञापन

यद्यपि,पालिकाले बेलकुमारीको जिम्मेवारी खोसेर सोही शाखाबाटै तलब खाने गरी वडा सचिवको रुपमा खटाइएको पत्र तयार भइसकेको बताइएको छ ।

यो बिषयमा उपप्रमुख आचार्यसँग कर्मचारी प्रेसले प्रतिक्रिया लिने प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्यसचिव पदका लागि चार सचिवको दौड,यस्तो छ योग्यता-विज्ञता र कार्य अनुभव

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,नियुक्तिदेखि दरबन्दी तेरिज स्वीकृतसम्म

सडकमा १८३ सबइञ्जिनियरहरुको सरुवा

अर्थका २० अधिकृतको सरुवा : राजश्व अनुसन्धान विभागमा १५ को ‘इन्ट्री’

अध्यादेशद्धारा उल्टियो ओली सरकारको निर्णय

अध्यागमन विभागद्वारा विदेशीमाथि कडाइ — ‘निगरानी नराखिए राष्ट्र कमजोर हुने’ निर्देशन

भरतपुरका प्रमुख प्रशासकीय भन्छन् “धुर्मुस सुन्तली फाउण्डेसनको ऋृण तिर्न कानुनी आधार भेटिएन”

मन्त्रिपरिषद्को बैठक बस्दै,निर्वाचनमा सेना परिचालनको निर्णय गर्ने

बिशेष