पर्यटन बोर्डको सीइओ छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश

पाटन उच्च अदालतले पर्यटन बोर्डको कार्यकारी प्रमुख छनौट प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले १० वैशाखमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमिति नै गैरकानुनी भएको र छनोट उपसमिति अवैद्यानिक रहेको ठहर गर्दै्र उच्च अदालतले यस्तो आदेश दिएको हो ।

बिज्ञापन

सिइओ नियुक्तिका लागि बोर्डका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनय गरिएको थियो । उक्त समिति नै गैरकानुनी भएको भन्दै अदालतमा रिट परेको थियो ।

बिज्ञापन

अधिवक्ताहरु रमेश बडाल, रमेशप्रसाद धिताल र हरिप्रसाद मैनालीको बहस सुनेपछि न्यायाधीश पाण्डेको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

 

बिज्ञापन

निवेदकको माग बमोजिम अन्तिम दुवै पक्षको बहस सुनेपछि यही वैशाख १७ गते हुने अन्तरिम आदेश छलफलको लागि पेशी तोकी सो को सूचना विपक्षीहरूलाई समेत दिई नियमानुसार पेश गर्न निर्देशन गर्न भनिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गणेश यादवको मृत्यु घटना छानबिन गर्न गृहले बनायो समिति,संयोजक तोकिए सहसचिव शाही

ओएनएमका नाममा अत्याचार : सब–इन्जिनियरहरुको गम्भीर ध्यानाकर्षण

सिँचाइ विभागमा सब–इन्जिनियरको दरबन्दी ६५ प्रतिशत कटौती, कर्मचारीको कडा आपत्ति

तीन सहसचिवले दिए राजीनामा

स्थायी कर्मचारीमाथि अविश्वास : पूर्वाधार मन्त्रीलाई २२ सल्लाहकारसहित ३९ जनाको सचिवालय प्रस्ताव

तलब बढाए पनि घुस खान छाडेनन्

फाइल मन्त्रालयमा, औषधि अभाव अस्पतालमा : बिचौलियाले रोक्यो विदेशी औषधि उद्योगको निरीक्षण

डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

बिशेष