५० लाखको सुन गाल्ने मेसिन किन्दै केन्द्रीय बैंक

तस्करसँग समाएको सुन पगाल्ने मेसिन राजश्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकलाई नदिएपछि केन्द्रीय बैंकले ५० लाख लगानीमा सुन पगाल्ने मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ । विभागले टोखा र सोह्रखुट्टेबाट चार वटा सुन पगाल्ने मेसिन बरामद गरेको भए पनि केन्द्रीय बैंकलाई हस्तान्तरण गरेको छैन ।

बिज्ञापन

क्विन्टलका क्विन्टल सुन बरामद हुन थालेपछि केन्द्रीय बैंकले सुन गाल्न नयाँ मेसिन किन्ने तयारी गरेको छ । हाल टक्सार महाशाखासँग दुईवटामात्र मेसिन भएकोमा नयाँ मेसिन किन्ने तयारी थालिएको टक्सार महाशाखा स्रोतले जनाएको छ ।  टक्सार विभागका अनुसार नेपाल राष्ट्र बैंकले यस्तो मेसिन खरिद प्रक्रिया अगाडि बढाएको हो । टक्सारले झण्डै ५० लाख खर्चेर अर्को अत्याधुनिक सुन पगाल्ने मेसिन खरिद प्रक्रिया अगाडि बढाएको जनाएको छ । हाल नेपाल राष्ट्र बैंकसँग राष्ट्र बैंकसँग जम्मा दुईवटा मात्र सुन पगाल्ने मेसिन छ । राष्ट्र बैंकका अनुसार पौराणिक प्रविधिको एउटा र (अत्याधुनिक) इलेक्ट्रोनिक प्रविधिको गरी दुई वटा मात्र सुन पगाल्ने मेसिन नेपालमा छ ।

बिज्ञापन

यसबीच निजी कम्पनीले दुई वटा सुन गाल्ने मेसिन भित्र्याएको कागजत भेटिएको छ । भेप प्रकरण उत्कर्षमा पुगेकै बेला तामाङ प्रनुज ट्रेडर्स प्रालिले रसुवा भन्सार हुँदै २ वटा मेसिन ल्याएको हो । कम्पनी रजिस्ट्रार कार्यालयमा ०७५ फागुन ५ मा दर्ता भएको उक्त कम्पनीको संस्थापक ओमकुमारी गुरुङ, पार्चे ८ कास्की (ना प्र नम्बर १३१४७५) र चौरीदेउराली काभ्रेपलाञ्चोक (१२८४१०० का प्रकाश लामाको संयुक्त नाममा रहेको उक्त कम्पनीले २ वटा सुन पगाल्ने मेसिन गत जुन ८, २०२३ मा रसुवा नाका हुँदै चीनबाट भित्र्याएको थियो । सो कम्पनीले आन्तरिक राजश्व कार्यालय गोकर्णेश्वरमा स्थायी लेखा नम्बर ६०६७३६१० मार्फत कारोबार गरिरहेको छ ।

बिज्ञापन

अहिले ती सुन पगाल्ने मेसिन कहाँ, कुन हालतमा छ ? कसरी ल्याइयो ? यत्रो भन्सार तिरेर पाँच पाँच केजी सुन पगाल्ने मेसिन ल्याइएको छ भने त्यसबाट कति सुन पगालियो र ती सुन कहाँ लगियो ? कतै लेखाजोखा छैन । टक्सार विभागका कर्मचारीका अनुसार राष्ट्र बैंकसँग भएको सुन पगाल्ने मेसिनको बजार मूल्य १२ लाख हाराहारी छ । तामाङ प्रनुज ट्रेडर्सले भने वैधानिक बाटोबाटै २ लाख ७ हजार ६७३ भन्सार तिरेरै उक्त मेसिन भित्र्याएको देखिन्छ । रमेश खड्का नामक अधिकृतले त्यसमा हस्ताक्षर गरेका छन् ।

भन्सार विभाग स्रोतका अनुसार प्रज्ञान पत्रमा एउटामात्र सुन पगाल्ने मेसिनको अनुमति लिएर दुईवटा सुन पगाल्ने मेसिन ल्याएको भेटिए पछि रसुवा भन्सारले तामाङ प्रनुज ट्रेडर्सलाई शत प्रतिशत पेनाल्टी तिराएको थियो । सोही कारण उसले २ लाख ७ हजार ६७३ भन्सार शुल्क तिरेर रसुवा नाका हुँदै सुन पगाल्ने मेसिन भित्राएको थियो ।
उक्त मेसिन,कहाँ कुन अबस्थामा छन्,राज्यका निकायहरुलाई केही जानकारी छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।