आठ बर्ष अगाडि गएको विनाशकारी भुकम्पले नेपालीका थुप्रै कुरा खोस्यो । कतिका आफन्त खोस्यो । कतिबाट घर थुत्यो । कतिसित शरीरका अंग नै लुछ्यो । कलाकार धुर्मुस सुन्तलीको कलाकारिता खोस्यो । हास्यकला क्षेत्रमा धुर्मुस सुन्तलीको एउटा उचाई थियो । तर, भूकम्पले उनीहरूलाई ‘पैसा उठाएर समाजसेवा गर्ने अभियन्ता’ बनाइदियो ।
बिज्ञापन
धुर्मुस सुन्तलीले सिन्धुपाल्चोकमा गिरानचौर एकीकृत नमूना बस्ती, काभ्रेपलाञ्चोकको पाँचखालमा एकीकृत पहरी बस्ती र महोत्तरीमा एकीकृत नमूना मुसहर बस्ती बनाए पनि । करोडका योजनामा हात हालिरहेका उनीहरु अर्बको सपना देखे । चन्दा उठाएर क्रिकेट रंगशाला बनाउन होमिए । चन्दा उठाएर देश बनाउने अभियानमा लागेका उनीहरुको योजना सफल भएन र बीचबाटै हात झिके र निस्किए अहिले यो जोडी कलाकारितामै फर्किएको छ । मागेर समाजसेवा गर्ने होमिएका उनीहरुले पारदर्शी काम नगरेको भन्दै ठुग्न छोडिएको छैन । जहाँ गए पनि धुर्मुस सुन्तली यो बिषयमा स्पष्टीकरण दिइरहन बाध्य छन् ।
बिज्ञापन
धुुर्मस सुन्तलीमात्र होइन,नेपाली समाजले एक समय कुलमान घिसिङलाई हिरोमात्र होइन भगवाननै बनाए । कुनै समय नेपालीले दैनिक ८ घण्टासम्म लोडसेडिङ खेपिरहेका थिए । त्यही समयमा उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्न आइपुगेका थिए । उनका पर्दा पछाडिका गतिविधिहरु अहिले बाहिरिदैं छन् ।
उनीमाथि कालोबारी ऐन लाग्ने उपभोक्तावादीहरु बताउँछन् । कालोबजारी ऐन अनुसार, २० प्रतिशतभन्दा बढी मुनाफा लिए सिधै कालोबजारी ऐन आकर्षित हुन्छ, त्यसरी नाफा लिनेलाई सीधै कैद सजाय हुने कानुनी व्यवस्था समेत छ । तर सरकारी एकाधिकार प्राप्त नेपाल विद्युत प्राधिकरणले २५ प्रतिशतभन्दा बढी मुनाफा जनतासँग लिइरहेको छ । यो भनेको सिधै कालोबजारी ऐन आकर्षित हुने बिषय हो ।
अर्काेतिर कुलमानको राष्ट्रियता समेत विजुली विक्रीमा उदांगो भएको छ । भारतलाई नेपालले प्रति युनिट ७ रुपैयाँ ७६ पैसामा बिजुली बेचेर उताबाट प्रतियुनिट १० रुपैयाँ ७६ पैसामा किन्दै आएको छ । यो भनेको प्रतियुनिट ४ रुपैयाँ घाटाको व्यापार हो । यिनै कुलमानले १३ करोड हिनामिना गरेको एउटा उजुरी अहिले अख्तियारमा पुगेको छ । यस्तै स्मार्ट मिटरको नाममा अर्बाै लुट मच्चाएको बिषय माथि पनि अहिले अख्तियारले छानबिन गरिरहेको छ । चार करोडमा हुने कामलाई कुलमानले लागत बढाएर १३ करोड पुर्याइ आफ्नै दाजुको कम्पनीलाई पोसेको बिषय पनि अहिले अख्तियारले छानबिन गरिरहेको छ । नेपाल विद्युत प्राधिकरण स्रोतका अनुसार विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका काम आफ्नै दाजुको टेल्मस एडिसिन नामक कम्पनीबाट गराएको बिषय अहिले अख्तियारदेखि सरोकारवाला निकायमा पुगेको छ । ४ करोडको कामलाई १३ करोड लागत पु¥याएर आफ्नै घरको सदस्यलाई पोसेका हुन कुलमानले । टेलम्स कम्पनीमा गणेशमान घिसिङको लगानी छ । कुलमान र गणेशमान नातामा सहोदर दाजुभाइ हुन् । घिसिङले १३ करोड अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यस्तै, उनै नेपालीहरुको भगवानले मिलेमतोमा टेण्डर खोलेर बजार मूल्यभन्दा ६ गुणाबढी मूल्यमा स्मार्ट मिटर र अन्य विद्युतीय सामग्री खरिद गरिएको बिषय पनि अख्तियारले अध्ययन गरिरहेको छ । १ लाख ५० हजारवटा स्मार्ट मिटर खरिद गर्दा बजारमूल्यभन्दा ४ गुणा बढीमा खरिद गरेर लुट मच्चाएको उजुरी उपर अख्तियारले छानबिन गरिरहेको छ । घिसिङ्गको मिलेमतोमा आफ्नो निकटको कम्पनीलाई साढे दुई अर्बको ठेक्का दिएको भेटिएको हो । जबकी स्मार्ट मिटरको बजार मूल्य ५ बजार पर्ने भए पनि उक्त कम्पनीले २० हजारका दरले विद्युत प्राधिकरणलाई भिडाएको भेटिएको छ । कुलमानको यस्ता लुटको फेहरिष्त खोज्ने हो भने सयौं भेटिने प्राधिकरणका कर्मचारीहरु बताउँछन् तर माओवादीको आर्शिवाद पाएका उनीमाथि अनुसन्धान र कारवाही हुनेमा त्यहाँका कर्मचारीहरु नै शंका व्यक्त गर्दैछन् ।
बिज्ञापन
यस्तै कुनै समय नेपाली जनताले भगवान बनाएका अर्काे पात्र हुन रवि लामिछाने । उनी अहिले गृहमन्त्रीको कुर्सीमा छन् । टेलिभिजनकर्मीहरु चिच्चाई चिच्चाई गाली गर्ने उनी अहिले आफैं सत्ताको खेलमा लागिरहेका छन् । रास्वपासँग अहिले २१ सिट छ र यो पार्टी अहिले जता मिल्यो उतै सरकार बन्ने स्थिति छ । यस अघि गृहमन्त्री हुँदा नागरिकता,राहदानी प्रकरणको विवादमा मुछिएका लामिछाने पुन गृहमन्त्रीकै रुपमा सरकारमा सामेल भएका छन् । यही समयमा उनी सहकारी प्रकरणमा जोडिएका छन्,लाखौं वचतकर्ताको अर्बाै रकम हिनामिनाको गरेको आरोप कुनै समय नेपालीले भगवानकै दर्जामा राखेक लामिछाने माथि लाग्न थालेको छ ।
राजनीतिका कारण जनता निराश भएका अबस्थामा आशाको दियो बाल्न आइपुगेका पात्रहरु हुन धुर्मुस सुन्तली,कुलमान घिसिङ,रवि लामिछाने । विगतमा आफ्ना कर्मका कारण उनीहरुलाई मान्छेमाथि माथि भगवानकै दर्जामा राखेका थिए । तर,समयक्रमले एउटा उचाई वा शिखरमा पुर्याएर यी पात्रलाई अहिले क्रमश खसाल्दै लगेको छ । । त्यसैले त भनिन्छ, पनि शिखरमा पुग्नुमात्र ठूलो कुरा होइन,त्यो शिखरमा टिकिरहनु चाहिँ ठूलो बिषय हो ।