रास्वपा सभापति रवि लामिछानेले हाम्रै हातमा प्रहरी,सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित कार्यक्रममा सभापति लामिछानेले भने हामी खरो उत्रिएका छौ । जनताले १८२ सिट दिएको छ, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौ, टुप्पिएका छौं । यसरी हुँदैन, यसरी हुँदैन । माथिदेखि तलसम्म हामी यति मातिएका छौं, हामी यति चढेका छौं, हामीले मान्छेलाई मान्छे गनेका छैनौं ।
बिज्ञापन
उनले भने, हामी ठूलो पार्टी भयौं हाम्रा हातमै पुलिस छन्, हाम्रा हातमै सिडीओ छन्, हाम्रा हातमै सबै छन् भन्ने त्यो दम्भ त्याग्नुपर्ने बताए ।
बिज्ञापन
सभापति लामिछानेले कर्मचारीलाई थर्काएर, तर्साएर होइन मोटिभेट गरेर बाचा पूरा गर्न सक्ने बताएका छन् । उनले प्रशासन र प्रहरीको दुरुपयोग तथा प्रतिशोध त्याग्दै जनताको अभिमतलाई सेवाका लागि प्रयोग गर्न, भुइँ नछोड्न र दम्भ त्याग्न समेत आग्रह गरेका छन् ।
यस्तै सभापति रवि लामिछानेले सरकारले आईजीपी हेरफेर किन गरेको रहेछ भन्ने व्यवहारबाट देखिनुपर्ने बताएका छन् । पार्टी कामको सिलसिलामा केही दिनका लागि बिहीबार गृह जिल्ला चितवन पुगेका सभापति लामिछानेले दुई पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै लामिछानेले सञ्चारगृहमा भएको प्रहरी धरपकड र आईजीपीको जिम्मेवारी फेरबदल सम्बन्धमा सरकारको कदममाथि प्रश्न उठाएका छन् ।
बिज्ञापन





























