अर्थ मन्त्रालय मातहतको विभिन्न नियामक निकायहरुमा नेपाल राष्ट्र बैंकका हाकिमहरुलाई सट्याक सुटुक नियुिक्त गरिएको छ ।
बिज्ञापन
सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनबिक्रम थापा, नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी र कर्जा तथा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पीताम्बर भण्डारीलाई नियुक्त गरेको हो । यसरी नियुक्ति पाएकाहरु सबै नेपाल राष्ट्र बैंकका कर्मचारीहरु हुन । बिमा बजारको नियामक निकाय नेपाल बिमा प्राधिकरणले साढे १४ महिनापछि अध्यक्ष नियुक्ति पाएका भए पनि सो नियुक्तिको पारदर्शीतामाथि प्रश्न उठेको छ ।
बिज्ञापन
वीमा प्राधिकरणका अध्यक्षका लागि ५१ जनाले आवेदन दिएका थिए । आवेदन दिनेदेखि सर्ट लिष्टमा परेका नाम समेत गोप्य राखेर क्याविनेटले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा राजन विक्रम थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । यसरी नियुक्ति पाएका थापा नेपाल राष्ट्र बैंकमा १३ औं नम्वरका कार्यकारी निर्देशक हुन ।
बिमा ऐन, २०७९ दफा ७ अनुसार सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गर्नुपर्छ, त्यसबाट एकजनालाई अध्यक्ष नियुक्ति गर्ने अभ्यासलाई तोड्दै आवेदन दिने देखि सर्ट लिष्टमा परेका नाम गुपचुप राखेर नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई वीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति गरिएको हो । यस्तै नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त भएका छन् । अर्थ मन्त्रालयका अनुसार सीईओ पदका सुवेदीसँगै अनिलराज पौडेल, नवराज सापकोटा र नारायणप्रसाद सापकोटा प्रतिस्पर्धामा रहेका थिए । छनोट समितिको सिफारिसपछि मन्त्रिपरिषद्ले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बिज्ञापन
यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा पिताम्बर भण्डारीलाई नियुक्ति प्रक्रियामाथि समेत प्रश्न उठ्न थालेको छ । भण्डारीसँग नेपालको वित्तीय तथा मौद्रिक क्षेत्रको नीति निर्माण, अनुसन्धान र नियमनमा लामो अनुभव छ। उनले नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्।
भण्डारीले सन् २०१८ अप्रिलदेखि २०२५ अप्रिलसम्म नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा काम गरेका थिए।





























