महालेखा नियन्त्रकको कार्यालयले ९१ जना सहलेखापालहरुको सरुवा तथा फाजिल व्यवस्थापन गरेको छ । महालेखाले नेपाल प्रशासन सेवा लेखा समूहका राजपत्र अनकिंत द्धितीय श्रेणीका सह लेखापालहरुमध्ये ८० सहलेखापालहरुको सरुवा तथा ११ जनाको फाजिल व्यवस्थापन गरेको हो ।
बिज्ञापन
जस अनुसार,भक्त बहादुर मल्ललाई जिल्ला हुलाक कार्यालय कालिकोटबाट भूमि प्रशासन कार्यालय कालिकोटमा खटाइएको छ भने सो कार्यालयमा कार्यरत रहेका मान बहादुर घर्ती मगरलाई जिल्ला हुलाक कार्यालयमा पठाइएको छ । बनस्पति अनुसन्धान केन्द्र जुम्लाबाट टीकालक्ष्मी शाहीलाई इलाका प्रशासन कार्यालय नराकोट,जुम्लामा खटाइएको छ । यस्तै,सुनिल थापा मगरलाई इलाका प्रशासन जुम्लाबाट नापी कार्यालय जुम्लामा खटाइएको छ ।
बिज्ञापन
रवि शंकर चौधरीलाई जिल्ला हुलाक कार्यालय मकवानपुरबाट इलाका प्रशासन कार्यालय,बर्दिवासमा पठाइएको छ । ऋृण असुली न्यायधीकरणबाट रवि शंकर चौधरी पशुपति होमियोप्याथिक,ललितपुरमा सरुवा भएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत मिना पौडेल औषधि व्यवस्था विभागमा,लोकसेवा आयोग दरखास्त व्यवस्थापन केन्द्रबाट बीना चौधरीलाई पशु क्वारेन्टाइन,कञ्चनपुर पुर्याइएको छ ।
राष्ट्रिय किताबखानाबाट सरिता भट्टराईलाई लोकसेवा आयोग,कृषि विकास फर्म झापाबाट देवेन्द्र चापागाई नापी कार्यालय ताप्लेजुङमा पुगेका छन् ।





























