पूर्वाधार विकास मन्त्रालयले उपसचिव र शाखा अधिकृत तहका गरी ७९ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयको मंगलबारको निर्णय अनुसार,सि डि ई,विभिन्न योजना प्रमुख,डिभिजन प्रमुख,उपआयोजना निर्देशक,निमित्त योजना प्रमुख र इञ्जिनियर गरी ७९ जना कर्मचारीहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार, प्रकाशचन्द्र भण्डारीलाई सडक डिभिजन ललितपुरमा ल्याइएको छ,उनी यस अघि मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)को योजना प्रमुख थिए । यस्तै,सडक डिभिजन ललितपुरबाट गोपाल भण्डारीलाई पूर्वाधार विकास मन्त्रालयमा,संघीय सडक निर्देशनालय काठमाडौं पोखरा (पश्चिम खण्ड)बाट सडक विभाग पुल मुग्लिन पोखरा सडक योजनामा खटाइएको छ । रमेश प्रसाद पौडेललाई बुटवल गोरुसिंगे सडक योजनाको योजना प्रमुख,कुशलता न्यौपानेलाई संघीय सडक निर्देशनालयमा ल्याइएको छ ।
बिज्ञापन
यस्तै,अरुण कुमार लाल कर्णलाई सडक डिभिजन चन्द्रनिगाहपुरबाट सडक डिभिजन खाल्टे,सिन्धुलीको डिभिजन प्रमुख,पारसमणि हमाललाई कालिगण्डकी करिडोर (गैडाकोट राम्दी),नेपालगञ्जबाट नरेन्द्र प्रसाद भट्टलाई सडक डिभिजन पाल्पा,भक्तपुरबाट सुमन योगेशलाई नागढुंगा मुग्लिन सडकमा खटाइएको छ ।





























