लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे

सरकारले सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्यसचिवमा नियुक्त गरेको छ । यस अघि गत ३० असोजमा लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा सरकारले गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई गरेको नियुक्ति विवादमा खेपिरहेको सरकारले त्यसको १८ दिनपछि बसेको क्याविनेटले सदस्य सचिवमा प्रधानमन्त्री वालेन शाह नजिक रहेर काम गरिरहेका सन्तोष पाण्डेलाई सदस्य सचिवमा नियुक्ति दिएको हो ।

बिज्ञापन

सरकारले यसअघि ल्याहारक्याल लामा र दीपक श्रेष्ठलाई गरेको नियुक्ति गरेको थियो । लामाको पदावधि नसकिँदै राजनीतिक नियुक्ति खारेजीमा परेका कारण उनीसहितका पदाधिकारीको पद रिक्त हुन पुगेको पाँच महिनापछि उपाध्यक्षमा आनी र सदस्य सचिवमा प्रधानमन्त्री निकटका सन्तोष पाण्डे नियुक्त भएका हुन ।

बिज्ञापन

पाण्डेले काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । त्यसअघि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका पाण्डेलाई आज बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिवको रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा पाण्डेय प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा देखिनै अति निकटस्थ भएर सचिवालयमा काम गरिरहेका थिए। अहिले पाण्डेयलाई सदस्य सचिवमा नियुक्त गरेर लुम्बिनीको संरक्षण, व्यवस्थापन र विकासको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष