मालपोत कार्यालयका एक सुब्बाले जागिर अवधिमा पौने दश करोड अकुत आर्जन गरेको अभियोग सहित अख्तियारले विशेष अदालतमा मुद्धा लगेको छ । ०५४ साल माघ २ गते जिल्ला विकास समिति कार्यालय खोटाङमा गाविस सचिवका रूपमा सरकारी सेवामा पाइला राखेका नासु यदुनाथ आचार्यले जागिर अवधिमा झण्डै पौने १० करोड अवैद्य आर्जन गरेको र सो को ्िरोत खुलाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनका परिवारका पाँच जना सदस्यलाई समेत प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्धा लगेको हो ।
बिज्ञापन
मालपोत कार्यालय भक्तपुरका नायब सुब्बाका रुपमा कार्यरत रहेका यदुनाथ आचार्यले पदको दुरुपयोग गरी ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै आयोगले उनीसहित ६ जनाविरुद्ध विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।
बिज्ञापन
आयोगका अनुसार,०५४ माघ २ गते जिल्ला विकास समिति कार्यालय खोटाङमा गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरी ०८० मंसिर २१ गतेसम्मको अवधि अनुसन्धान गर्दा उनको वैधानिक आय ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा देखिए पनि यो अवधिमा काठमाडौं महानगरपालिका–१० र ३५, गोठाटार, मोरङको विराटनगर तथा टंकिसिनवारीलगायत स्थानका जग्गा खरिदबिक्री, हलेसी डिपार्टमेन्ट स्टोर प्रालिमा लगानी, बैना रकमको भुक्तानी तथा फिर्ता, सेयर कारोबार र विभिन्न व्यक्तिसँगको आर्थिक लेनदेन
जग्गा तथा घरजग्गा खरिद, कम्पनीमा लगानी, जग्गाको बैना, विभिन्न व्यक्तिलाई दिएको ऋण, सवारीसाधन खरिद, अध्ययन खर्च, सेयर खरिद तथा बैंक ऋण भुक्तानीलगायत शीर्षकमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसा खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेसँगै आयोगले वैधानिक आयभन्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बढी खर्च तथा लगानी गरेको देखिएकाले आचार्यका अलवा उनका परिवारका सदस्यहरुलाई समेत प्रतिवादी बनाउँदै अख्तियारले मुद्धा चलाएको हो ।





























