जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । स्वार्थको द्वन्द्व जोडिएपछि उनले आफ्नो नाम फिर्ता लिएका हुन् ।
बिज्ञापन
सरकारले गत असोज २ गते थापासहित १३ जनालाई विभिन्न देशको राजदूतका लागि प्रस्ताव गरेको थियो। त्यसमध्ये १० जनालाई संसदीय सुनुवाइ समितिले स्वीकृत गरिसकेको छ। त्यस्तै, संसदीय सुनुवाइ समितिले दुई जनालाई अस्वीकृत गरिसकेको छ। पिआर लगायतका विवादमा परेका जापानका लागि प्रस्तावित राजदुत थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।
बिज्ञापन
संसदीय सुनुवाइका क्रममा उनको जापानमा रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरलाई लिएर प्रश्न उठेपछि सोमबार राजदूतबाट आफ्नो नाम फिर्ता लिएका हुन् । असोज २८ मा प्रस्तावित राजदूत थापाको समितिमा सुनुवाइ भएको थियो । थापाको परिवार हाल जापानको स्थायी बासिन्दा रहेकोमा समिति सदस्यहरूले प्रश्न उठाएका थिए। सुनुवाइका क्रममा उनको जापान बसाइँ, त्यहाँ रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरका सम्बन्धमा प्रश्न उठेको थियो । त्यसपछि समितिले परराष्ट्र मन्त्रालयमार्फत थापाका बारेमा जापान सरकारसँग जानकारी मागेको थियो । जापानले जानकारी नपठाएपछि अहिले प्रस्तावित राजदूत थापाले आफ्नो नाम फिर्ता लिएका हुन् । नाम फिर्ताका लागि थापाले समितिलाई पत्र पठाएका थिए । समिति सभापति बोधनारायण श्रेष्ठले उक्त पत्र पढेर सुनाए ।





























