काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। नगरपालिकामा ठूलो मात्रामा घुसको चलखेल भइरहेको सूचनाका आधारमा अनुसन्धानमा खटिएको अख्तियारको टोलीले केही कर्मचारीलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
बिज्ञापन
स्रोतका अनुसार घुस लेनदेन भइरहेको विशेष सूचना पाएपछि अख्तियारको अनुसन्धान टोलीले निगरानी बढाएको थियो। सोही क्रममा टोलीले कर्मचारीहरूलाई घुसको रकमसहित रंगेहात नियन्त्रणमा लिएको दाबी गरिएको छ।
बिज्ञापन
घटनामा संलग्न कर्मचारी, बरामद भएको रकम र घुस लेनदेनको विषयमा थप विवरण खुल्न बाँकी छ। अख्तियारले घटनाबारे अनुसन्धान अघि बढाइरहेको बताइएको छ।
नगरपालिकाभित्र कुन कामका लागि, कसले र कति रकम घुस मागेको वा लिएको भन्ने विषयमा अनुसन्धानपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ। घटनाबारे अख्तियारको आधिकारिक धारणा आउन बाँकी छ।





























