मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सचिवहरूको नियमित बैठकले विभिन्न निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले समसामयिक प्रशासनिक विषय, सेवा प्रवाह र सुशासनको अवस्थाबारे छलफल भएको जनाइएको छ ।
बिज्ञापन
बैठकमा कालोबजारी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयलाई कडाइका साथ प्रस्तुत हुन निर्देशन दिने निर्णय गरेको जनाइएको छ ।
बिज्ञापन
यस्तै,मन्त्रालय तथा मातहतका निकायमा रहेको बेरुजुको अवस्था र फस्र्यौटको प्रगतिबारे छलफल भएको जनाइएको छ । बेरुजु फस्र्यौटलाई सबै मन्त्रालयले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने विषयमा जोड दिइएको छ । त्यसैगरी मन्त्रालयहरूको त्रैमासिक समीक्षा, अघिल्ला सचिव बैठकका निर्णयहरूको कार्यान्वयन अवस्था तथा आगामी दिनमा निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ ।
बिज्ञापन





























