मुख्य सचिवले बोलाए सचिव बैठक, कर्मचारीमाथिको कारबाही र प्रशासनिक हस्तक्षेपबारे छलफल हुने

मुख्य सचिव गोविन्दबहादुर कार्कीले समसामयिक प्रशासनिक विषय, सेवा प्रवाह र सुशासनको अवस्थाबारे छलफल गर्न आज बिहान ९ बजे सचिव बैठक बोलाएका छन्।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा उच्च तहका कर्मचारीमाथि भइरहेको पक्राउ तथा कारबाही, प्रधानमन्त्रीको सचिवालयबाट प्रशासनिक काममा भइरहेको भनिएको हस्तक्षेप, ठेक्का प्रक्रियाका विवाद र कर्मचारीको खस्किँदो मनोबल प्रमुख चासोका विषय बन्ने देखिएको छ।

बिज्ञापन

बैठकमा सेवा प्रवाह, सुशासन प्रवर्द्धन, विपद्पछिको व्यवस्थापन, यसअघिका सचिव बैठकका निर्णय कार्यान्वयन र प्रशासनिक सुधारबारे छलफल हुने बताइएको छ।

पछिल्लो समय कर्मचारीमाथि अनुसन्धान र कारबाहीका नाममा दबाब सिर्जना गरिएको तथा प्रशासनिक निर्णयमा राजनीतिक हस्तक्षेप बढेको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि देखिँदै आएको छ। ठेक्का रद्द तथा पुनः प्रक्रियामा निश्चित कम्पनीलाई लाभ पुग्ने गरी प्रभाव पारिएको हुन सक्ने आशंकासमेत उठेको छ।

बिज्ञापन

बैठकमा प्रधानमन्त्रीको सचिवालय र प्रशासनिक संयन्त्रबीच कार्यक्षेत्र स्पष्ट पार्ने, कर्मचारीलाई कानुनसम्मत काम गर्ने वातावरण बनाउने र खरिद प्रक्रियालाई निष्पक्ष राख्ने विषयमा ठोस छलफल हुनुपर्ने अपेक्षा गरिएको छ।

मुख्य सचिव कार्कीका लागि यो बैठक प्रशासनिक नेतृत्वको प्रभावकारिता देखाउने अवसरसमेत हो। बैठकका निर्णय कार्यान्वयनको समयसीमा, जिम्मेवारी र अनुगमन प्रणाली तय गर्न सके मात्रै प्रशासनिक सुधार र कर्मचारीको मनोबल बढाउने प्रयास सार्थक हुने देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष