प्रदेशका कर्मचारी सरुवामा नयाँ मापदण्ड

बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीहरूको सरुवा तथा पदस्थापन नयाँ मापदण्ड जारी गरेको छ । प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १३६ ले दिएको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘प्रदेश कर्मचारीहरूको सरुवा तथा पदस्थापन सम्बन्धी मापदण्ड’ कात्तिक १२ मा उक्त मापदण्ड स्वीकृत गरी कार्यन्वयनमा ल्याएको हो ।

बिज्ञापन

मापदण्डमा पदस्थापन गर्दा कर्मचारीको मिल्दो,सेवा समूह र उपसमूहमा मात्र गर्ने,अनिवार्य अवकाशको मुखमा रहेका कर्मचारीलाई सामान्यतया कार्यरत रहेको कार्यालयबाट नचलाउने उल्लेख छ । उस्तै प्रकृतिको कार्य भएको कार्यालयमा दोह्रार्यर पदस्थापन तथा सरुवा नगर्ने मापदण्डमा उल्लेख छ ।
यस्तै,कुनै पनि कार्यालयमा निरन्तर दुई बर्षभन्दा बढी अवधि सेवा गरेका कर्मचारीलाई प्रथामिकताका साथ सरुवा गर्ने उल्लेख छ । मापदण्ड अनुसार कुनै पनि कर्मचारी एउटै कार्यालयमा लगातार तीन वर्ष वा सोभन्दा बढी अवधि सेवा गरिसकेको भए निजलाई अनिवार्य रूपमा अन्य कार्यालयमा सरुवा वा पदस्थापन गर्नुपर्ने उल्लेख छ ।
यस्तै,पछिल्लो पाँच वर्षको अवधिमा एउटै कार्यालयमा तीन वर्ष सेवा गरिसकेका कर्मचारीको हकमा पनि प्राथमिकताका आधारमा अन्यत्र सरुवा गरिने व्यवस्था मापदण्डमा समावेश छ ।

बिज्ञापन

संगठन संरचना परिवर्तन,कार्यालय खारेजीमा परेर फाजिलमा रहेका कर्मचारीको हकमा कार्यबोझ बढी भएका र दरबन्दी रिक्त रहेको स्थानमा खटाइने उल्लेख छ ।

यस्तै नियमित समय तालिका वा अवधिभन्दा अगाडि वा पछाडि कुनै कर्मचारीको सरुवा वा पदस्थापन गर्नुपरेमा स्पष्ट कारण र औचित्य खुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ भने पूर्वसहमति प्राप्त नभई सम्बन्धित मन्त्रालय वा निकायले कुनै पनि कर्मचारीको सरुवा गर्न नपाइने व्यवस्था पनि मापदण्डमा राखिएको छ ।

बिज्ञापन

यस्तै सरुवा वा पदस्थापन भएका कर्मचारीलाई कार्यालय प्रमुखले म्यादभित्र अनिवार्य रूपमा रमाना दिएर पठाउनुपर्ने, तोकिएको समयमा रमाना नदिई कर्मचारी रोकिराख्ने कार्यालय प्रमुख वा खटाइएको कार्यालयमा समयमै हाजिर हुन नजाने कर्मचारीलाई ऐन तथा नियमावली बमोजिम विभागीय कारबाही गर्ने व्यवस्था गरिएको छ । रमाना पत्र लिएर खटिएको निकायमा हाजिर नभई अनुपस्थित रहने कर्मचारीमाथि पनि विभागीय कारबाही अगाडि बढाइने व्यवस्था मापदण्डमा उल्लेख छ ।

सरुवा, पदस्थापन, रमाना र हाजिरसम्बन्धी पत्राचार तथा सूचना आदानप्रदानका लागि प्रदेश निजामती सूचना प्रणाली वा विद्युतीय प्रणालीको अनिवार्य प्रयोग गर्नुपर्ने, प्रदेश किताबखाना र सम्बन्धित निकायले कर्मचारीको भौतिक तथा डिजिटल दुवै अभिलेख अद्यावधिक राख्नुपर्ने र सरुवाको जानकारी कर्मचारीलाई इमेल, फोन वा विद्युतीय प्रणालीमार्फत तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष