तालिमका लागि अमेरिका पुगेका एक जना सहसचिवले स्वदेशकै वेइज्जती गरेर बीचमै डिपोट हुन पुगेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको आयोजना भएको दुई साता लामो तालिमका लागि अमेरिका पुगेका पूर्वाधार मातहतका ती सहसचिवले अत्याधिक मदिरा सेवन गरेर लफडा निकालेपछि तालिमकै बीचमा अमेरिकाले डिर्पोट गरेको हो । अमेरिकाबाट डिर्पोट भएका ती सुई हिजोमात्र स्वदेश अवतरण भएका छन् ।
बिज्ञापन
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत आयोजना हुने १५ दिने तालिमका लागि त्यहाँ पुगेका एक सहसचिवले अत्याधिक मदिरा सेवन गरी त्यहाँ अनुचित प्रकारको गतिविधि गरेसँगै कार्यक्रमकै बीचमा स्वदेश फर्काइएको हो ।यसरी राज्य र सरकारले पत्याएर मनोनयनमा परी विदेश पुगेका सहसचिवले नेपालकै वेइज्जत गरेर अमेरिकाबाट स्वदेश फर्किएका छन्,उनी हुन -राजेश पौडेल हुन ।
प्राप्त जानकारी अनुसार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत आयोजना हुने १५ दिने तालिमका लागि चार जना सहसचिव तहका कर्मचारीहरुसहित ९ कर्मचारी छनौंट भएर त्यता पुगेका थिए । यसरी अमेरिका पुगेकाहरुमध्ये अर्जुन अर्याल,श्याम बहादुर खड्का,राजेश पौडेल लगायतका कर्मचारीहरु रहेका थिए । यस्तै, उपसचिव तहका मुकुन्द अधिकारी डिइ,प्रदिप भन्डारी,पुजन गिरी,अमित शर्मा, दिपेन्द्र बिष्ट, दाङका कृष्ण पान्डे लगायत रहेका थिए ।
१५ दिनका तालिमका लागि त्यहाँ पुगेकामध्ये क्युआर डिसीमा कार्यरत सुई अर्थात सहसचिव राजेश पौडेल बीचमै अमेरिकाबाट फिर्ता पठाइएका हुन । उनले अत्याधिक मदिरा सेवन गरेर लफडा गरेपछि उनलाई अमेरिकाले बीचकै स्वदेश फिर्ता पठाएको हो । उसो त उनी मदिरा सेवन नगर्दा काविल र क्षमतावान कर्मचारीका रुपमा चिनिन्छन् तर जब मदिरा सेवन गर्दछन् तब लफडेवाज कर्मचारीका रुपमा कर्मचारीमाझ परिचित छन् ।
बिज्ञापन
यस अघिका केही पूर्व सहसचिव,सचिवहरुसँग समेत उनले मदिरा सेवन गरेर लफडा निकालेका भौतिक मन्त्रालयका कर्मचारीहरु बताउँछन् । एक अवकाश प्राप्त सचिवले ‘उनी संगत गर्न लायकका कर्मचारी नभएका’ टिप्पणी गरे । अर्काे एक पूर्व सचिवका अनुसार,उपसचिव हुँदा ओखलढुंगा सरुवा भएपछि राजीनामा पत्रै बोकेर हिडेका थिए । जागिर अवधि १३/ १४ बर्ष बाँकी रहेका कारण आफूले उनको राजीनामा स्वीकृत गर्नबाट रोकिदिएको र उनी मदिरा सेवन गरेपछि लफडेवाज कर्मचारी भएको स्मरण गरे । अहिले उनको कारण नेपालकै बदनाम हुन पुगेको छ ।अध्यागमन विभाग स्रोत र सडक विभागका स्रोतहरुले उनको डिर्पोट भएको बिषय सत्य रहेको प्रतिक्रिया दिएका छन् । सरकारको खर्चमा विदेशमा पुगेर मदिरा सेवन गरी लफडा निकालेर बीचमै डिर्पोट भइ स्वदेश फर्किएका उनीमाथि मन्त्रालयले के कस्तो विभागीय कारवाही गर्दछ त्यो हेर्न बाँकी छ ।
यस बिषयमा पूर्वाधार सचिव पदम मैनालीसँग जिज्ञासा राख्दा आफूले भर्खरै यो बिषय सुनेको,सत्य तथ्य बुझेर मन्त्रालयले आवश्यक कदम चाल्ने प्रतिक्रिया दिएका छन् ।





























