महालेखा नियन्त्रक कार्यालयले फाजिलमा परेका १२ जना सहलेखापालहरुको फाजिल व्यवस्थापन गरेको छ । कार्यालयले नेपाल प्रशासन सेवा,लेखा समूहका राजपत्र अनंकित द्धितीय श्रेणीका १२ जना सहलेखापालहरुको व्यवस्थापन गरेको हो ।
सूची अनुसार,उच्च सरकारी वकिलको कार्यालय इलामका ईश्वर खतिवडालाई नापी कार्यालय,फिक्कल,प्रकाश बस्नेतलाई कोलनिका धादिङबाट कारागार कार्यालय,नैबस्ता बाँकेमा खटाइएको छ । यस्तै,क्वारेन्टाइन कार्याल्यबाट लालबाबु यादवलाई जिल्ला हुलाक कार्यालय महोत्तरीमा व्यवस्थापन गरिएको छ । निवृत्तिभरणको कार्यालयबाट सन्तोष कुमार रानालाई पशु क्वारेन्टाइन,काठमाडौं,क्वारेन्टाइन कार्यालय,झुलाघाटबाट चन्दा कुमारी रिजाललाई कृषि स्रोत तथा नियमन कार्यालयमा खटाइएको छ ।
राष्ट्रिय कला संग्रालय,दरबार स्क्वायरबाट जिल्ला हुलाक कार्यालय,रौतहट,कोलनिका कास्कीमा दरबन्दी रहेको रिता कुमारी भट्टराईलाई पशु क्वारेन्टाइन,पोखरामा खटाइएको छ । सूची अनुसार,बनस्पति अनुसन्धान केन्द्रबाट हिरावन यादवलाई पशु क्वारेन्टाइन,धनुषा,घनश्याम राजभरलाई सुन्तला जात फलफुल विकास कार्यालय,पाल्पामा व्यवस्थापन गरिएको छ ।
यस्तै,कृष्ण बहादुर बस्नेतलाई चितवन राष्ट्रिय निुकञ्जबाट नापी कार्यालय,चनौलीमा पठाइँदा फडेन्द्र केसीलाई पशु क्वारेन्टाइन,रुपेन्देहीमा र गोरखा दरबार स्क्वायरबाट रमेश पराजुलीलाई भूमि प्रशासन स्याङ्जामा व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।
फाजिलमा परेका दर्जन सहलेखापालहरुको व्यवस्थापन
0%
0%
0%
0%
0%
0%





























