भन्सार छलेर ल्याइएको १० हजार केजी प्याजको गाडी बरामद

सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीले अवैध रुपमा ल्याइएको १० हजार केजी प्याजको गाडी बरामद गरेको छ । १० हजार केजी प्याज, बोरा सिलाउने मेसिन र गाडीको बिगो मूल्य सहित कायम गरी  ५० लाख बराबरको अवैध सामान बरामद गरी आज भैरहवा भन्सार कार्यालयमा प्राप्त भएको प्रमुख नारद गौतमले जानकारी दिए ।

बिज्ञापन

रुपन्देहीको सिद्धार्थनगर ४ दोगहरा इलाकामा भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याएर बाँसको छाप्रोमा भण्डारण गरी ग १ ख ९२२६ नं. को २.५ टाटा गाडीमा गत आइतबार राती साढे दश बजेको समयमा लोड गर्दै गरेको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन न्यौपानेले जानकारी दिए ।

बिज्ञापन

२७ गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको नेतृत्वमा खटिएको ११ जना सीमा अनुगमन टोलीले सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा उक्त प्याजसहितको गाडी पक्राउ गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष