महानिर्देशक र आयोजना प्रमुखलाई पुर्याइयो काठमाडौं प्रहरी परिसर

ठेक्का तोड्न नमानेको कारण पक्राउ परेका दुई कर्मचारीलाई अहिले प्रहरी परिसर काठमाडौं लगेको छ । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी–मरिन डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरि प्रहरी परिसर काठमाडौं लगिएको हो ।
करिब महिना दिनअघि महानिर्देशक बनेका रजौरियालाई प्रधानमन्त्री सचिवालयको निर्देशनमा हिजो नियन्त्रणमा लिइएको हो। सुनकोशी मरिण डाइभर्सनको ठेक्का प्रक्रिया रद्द गर्न दिएको दबाब नमान्दा उनलाई प्रहरी लगाएर उठाएर काठमाडौं ल्याइएको हो ।

बिज्ञापन

अनुगमनका लागि मधेश प्रदेश पुगेका महानिर्देशक रजौरियालाई प्रहरीले हिजो दिउँसो सिरहाबाट पक्राउ गरेको थियो । यसैगरी, सुनकोसी–मरिन डाइभर्सन आयोजनाका प्रमुख रिजाललाई सिन्धुलीस्थित कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र सिरहाले महानिर्देशक र आयोजना प्रमुखलाई काठमाडौं ल्याएको हो । उनलाई सिरहा र आयोजना प्रमुखलाई सिन्धुलीबाट पक्राउ गरिएको थियो । अहिले उनीहरुमाथि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको भए पनि प्रहरीले उनीहरूमाथिको अनुसन्धानको विषय र पक्राउको आधिकारिक कारण सार्वजनिक गरेको छैन । यद्यपि पक्राउको कारण सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा हाइड्रोमेकानिकल संरचना निर्माणसम्बन्धी नयाँ ठेक्काको कारण पक्राउ गरेको बताइएको छ ।

बिज्ञापन

यसअघि निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द भएपछि आयोजनाले बाँकी संरचना निर्माणका लागि पुन अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको थियो। जहाँ ६ वटा बोलपत्रमध्ये तीनवटा प्राविधिक मूल्याङ्कनमा योग्य ठहरिएका छन्। यी तीन बोलपत्रदाताको आर्थिक प्रस्ताव आगामी कात्तिक १६ गते खोल्ने तयारी छ ।नयाँ ठेक्का प्रक्रियामा मेसर्स चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन, बेइजिङ, चीन , मेसर्स एन्नेङ–आरसीसी जेभी र मेसर्स सिनोहाइड्रो कर्पोरेसन लिमिटेड, चीन रहेका छन् । प्रधानमन्त्रीको सचिवालयले सो ठेक्का पुनः तोडेर नयाँ प्रक्रिया सुरु गर्न दबाब दिएको बताइएको छ ।

तर,प्रहरी स्रोतले भने हिजो नियन्त्रणमा लिएका महानिर्देशक र आयोजना प्रमुखलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको प्रतिक्रिया दिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष