पछिल्लो समय सिंगो प्रशसान संयन्त्र नै आतंकित छ । एक पछि अर्काे आयुक्त,सचिवदेखि महानिर्देशकहरुमाथि धरपकडको श्रृंखला अझैं जारी छ । चार महिना अगाडि तत्कालीन सचिव कृष्णहरि पुष्कर पक्राउ गरी शुरु भएको धरपकडको श्रृंखला जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया हुँदै सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख कृष्णप्रसाद रिजालसम्म पुगेको हो ।
महिना दिनअघि महानिर्देशक बनेका रजौरियालाई प्रधानमन्त्री सचिवालयको निर्देशनमा रजौरियालाई नियन्त्रणमा लिइएको हो। सुनकोशी मरिण डाइभर्सनको ठेक्का प्रक्रिया रद्द गर्न दिएको दबाब नमान्दा उनलाई प्रहरी लगाएर उठाएर ल्याइएको हो । यस अघि प्रधानमन्त्री सचिवालयको दबाबमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तहरुलाई घण्टौंसम्म बन्दक बनाएर पासपोर्टको ठेक्कामा हस्तक्षेपमात्र गरिएको थिएन कि जर्वजस्त मुद्धा नै चलाइएको थियो राहदानी विभागको महानिर्देशकमाथि मुद्धा नै चलाइएको थियो । प्रधानमन्त्री कार्यालयको दबाबमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल,सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाएर मुद्धा चलाइएको थियो ।
चार महिना अगाडि उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका पुष्करले प्रधानमन्त्री बालेन साहलाई म्यासेज पठाएकै आधारमा उनलाई पक्राउ गरिएको थियो । मेसेज पठाएकै भरमा बहालवाला सचिवलाई प्रहरी लगाएर उठाइएको घटनालाई अनेकन कोणबाट विश्लेषण गरिएको थियो । केहीले प्रशासनिक स्वतन्त्रतामाथि प्रश्न उठाएका थिए भने ‘चेन अफ कमान्ड’ उल्लङ्घन गरेको टिप्पणी गरेका थिए ।
यस्तै यसउ अघिका सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मुद्धा चलाउन दबाब दिएको र सो नमान्दा धरपकड गरिएको बिषय बाहिरिएको थियो ।
प्रशासनमाथि प्रधानमन्त्री सचिवालयको धरपकडको श्रृंखला : पुष्करदेखि रजौरिया- रिजालसम्म
0%
0%
0%
0%
0%
0%





























