उपसचिव सरुवाको मापदण्ड परिवर्तन भएको छ । महालेखा नियन्त्रक कार्यालयले यसै साता उपसचिव सरुवाको लागि गृहकार्य गरिरहेको छ । महालेखा नियन्त्रक कार्यालयले ‘नेपाल प्रशासन सेवा, लेखा समूहको जनशक्ति व्यवस्थापन मापदण्ड, २०८३’ तयार पार्दै सरुवाको आन्तरिक तयारी थालेको हो।
बिज्ञापन
महालेखाका अनुसार, अहिले प्राप्त निवेदनहरु ट्याली गर्ने काम भइरहेको छ । एउटै कार्यालयमा एक भन्दा बढी उपसचिव तहका कर्मचारीहरु सरुवा हुन चाहेका कारण अहिले सोही सरुवा निेदन ट्याली गर्ने काम भइरहेको महालेखाले जनाएको छ ।
महालेखाले लेखा समूहका उपसचिवहरूको सरुवा प्रक्रिया अघि बढाउन नयाँ मापदण्ड जारी गरेको हो । यस अघि कार्यालयहरूलाई क, ख, ग र घ वर्गमा विभाजन गरी आकर्षक मानिएका निकायमा कार्यरत कर्मचारीलाई अन्यत्र पठाउने व्यवस्था थियो । सडक विभाग, स्वास्थ्य सेवा विभाग लगायतका कार्यालयलाइ आकर्षक निकाय अर्थात क बर्गमा राखिएको थियो । नयाँ मापदण्डमा उक्त वर्गीकरण हटाइएको छ।
बिज्ञापन
हाल जारी मापदण्डअनुसार काठमाडौं उपत्यकाका जिल्लासहित विभिन्न जिल्लास्थित कार्यालयमा लगातार तीन कार्यकाल वा सोभन्दा बढी अवधिसम्म सेवा गरेका कर्मचारीलाई साविकमा कार्यरत जिल्लाभन्दा फरक जिल्लाका कार्यालयमा सरुवा गर्न प्राथमिकता दिइनेछ।
जहाँ काठमाडौं उपत्यकाबाहेक झापा, मोरङ, सुनसरी, धनुषा, पर्सा, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, कास्की, रूपन्देही, बाँके, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुरका कार्यालयसमेत समेटिएका छन्। यी जिल्लामा लामो समयदेखि कार्यरत कर्मचारीलाई कार्यस्थल परिवर्तन गर्ने आधार मापदण्डले तय गरेको छ।
बिज्ञापन





























