बिज्ञापन
तीन जना सरकारी कर्मचारीमाथि कारवाहीको लागि सिफारिस गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा तीन जना कर्मचारीलाई कारवाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस गरिएको हो ।
बिज्ञापन
रास्वपाका सचिवालय सदस्य कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीमा परेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा फर्वाड गरिएको छ ।
उनका अनुसार,सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरीमा कानुनी कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको हो । यसरी कारवाहीका लागि सिफारिस भएका तीनै जना कर्मचारी काठमाडौंका हुन् । यद्यपि ती कर्मचारीको नाम र संस्था भने खुलाइएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























