जग्गा कित्ता काटमा रोक लागेपछि समस्यामा परेका जग्गा धनीहरुका लागि खुसीको खबर । सरकारले जग्गाको कित्ताकाट खुलाउने तयारी गरेको हो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट कित्ताकाट खुलाउने निर्णय हुने बताएकी छन्।
बिज्ञापन
नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी नेतृत्वमा संघका वरिष्ठ उपाध्यक्ष हेमन्त केसी,उपाध्यक्ष जयराम खत्री, कार्यसमिति सदस्य शंकर सिटौला, आईपी थापालगायतले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग सौराहामा भेट गरी जग्गा कारोबारसम्बन्धी समस्या समाधान गर्न आग्रह गरेका थिए ।
बिज्ञापन
जवाफमा मन्त्री रावलले भूउपयोग नीतिलाई स्पष्ट बनाउँदै जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको र अब बस्ने मन्त्रिपरिषद् बैठकले जग्गा कित्ताकाट खुलाउने बताएकी हुन ।
बिज्ञापन





























