पूर्वाधार विकास मन्त्रालयले राजपत्रांकित द्धितीय श्रेणीका ३७ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले नेपाल इन्जिनियरिरङ सेवा, मेकानिलक इन्जिनियरिङ समूह,बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका २४ जना उपसचिवस्तरका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ ।
बिज्ञापन
यस्तै नेपाल इन्जिनियरिङ सेवा, मेकानिकल समूह,निर्माण उपकरण सम्भार उपसमूहका ९ र नेपाल इन्जिनियरिङ सेवा,मेकानिकल समूह,जनरल मेकालिकल उपसमूहका ४ गरी ३७ जना उपसचिवको सरुवा गरेको हो । मन्त्रालयले विभिन्न आयोजना, विभाग तथा कार्यालयमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर (सिडिई), आयोजना प्रमुख र कार्यालय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो । जस अनुसार रुपक आचार्यलाई संघीय शहरी भवन निर्माण कार्यालय मोरङको सि डि इको जिम्मेवारी दिइएको छ भने राजु न्यौपानेलाई शहरी विकास तथा भवन निर्माण विभागको सि डि इ,जगदीश लामिछानेलाई सघन शहरी तथा भवन निर्माण आयोजना पर्साको प्रमुख,चन्द्र शेखर महत्तोलाई सघन शहरी तथा भवन निर्माण आयोजना जाजरकोटको आयोजना प्रमुख,प्रविण शाह,शिखर लामालाई संघीय शहरी विकास तथा भवन निर्माण विभागको सि डि इको जिम्मेवारी दिइएको छ ।





























