आनीको नियुक्ति विरुद्ध माइतीघरमा प्रदर्शन

पर्यटन तथा संस्कृति गनेश पौडेलले गरेका एक पछि अर्काे नियुक्ति विवादमा मुछिरहेका छन् । पछिल्लो समय लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवादमा मात्र परेको छैन,सो नियुक्ति विरुद्ध सडक संघर्ष शुरु भएको छ । ‘लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्तिका लागि प्रचलित कानुनले निर्धारण गरेका योग्यता, मापदण्ड तथा प्रक्रिया पूरा नगरिएको,डोल्माको नागरिकताको वैधता र वित्तीय कारोबारको पारदर्शीता बारे समेत प्रश्न उठिरहेको समयमा सोही नियुक्तिलाई लिएर माइतीघर मण्डलामा प्रर्दशन समेत गरिएको छ ।

बिज्ञापन

उनको नियुक्तिको खबर लगतै लुम्बिनीमा विरोध प्रदर्शन भएको थियो । लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा लुम्बिनी विकास कोष बचाऊ महाअभियानका संयोजक अक्रम खानको नेतृत्वमा करिब एक दर्जनले विरोध जनाउँदै आएका छन् । दशै अगाडिको क्याविनेटले बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा लामा मोक्तानलाई लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको थियो । बुद्ध जन्मस्थल लुम्बिनीमा आनीलाई प्रवेश निषेध’, ‘लुम्बिनीलाई ठग्न पाइँदैन’, ‘आनी हामीलाई चाहिँदैन’, ‘विवादित पृष्ठभूमिका नवनियुक्त उपाध्यक्षको नियुक्ति अविलम्ब बदर गरियोस्’ लगायत नारा लगाएर प्रदर्शनकारीहरूले नवनियुक्त कार्यकारी उपाध्यक्षको नियुक्ति बदर गर्न माग गर्दै आएका थिए ।
यता,लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ।

बिज्ञापन

राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज तथा लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समितिले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले आनी छोइङको नियुक्ति खारेज गर्न माग गरेका छन्। उनीहरूले आनीको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा छानबिन गर्नसमेत माग गरेका छन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष