ब्यूरोक्रेसीका कमाण्डरले नेतृत्व गरेको बैंक लथालिङ्ग

झण्डै डेढ महिनादेखि हिमालयन बैंकको नेतृत्व पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालले कमाण्ड गरिरहेका छन् । अर्यालले संस्थापक समूह तर्फका शेयर धनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै हिमालयन बैंकको सञ्चालक समितिमा प्रवेश गरेका हुन । यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो। श्रेष्ठले राजीनामा दिएको चार दिनपछि नै सञ्चालक समितिले अर्याललाई बैंकको अध्यक्ष नियुक्त गरेको हो।

बिज्ञापन

नेपाल सरकारको उच्च प्रशासनिक पद मुख्यसचिवबाट अवकाश प्राप्त गरेपछि उनले यो नयाँ जिम्मेवारी बहन गर्न थालेको डेढ महिना बितेको छ । उनी १४ भदौंदेखि नै लागू हुने गरी बैंकको कमाण्ड गर्न थालेका हुन ।
सो बैंकको सञ्चालक समितिमा पूर्वमुख्यसचिवदेखि बैंकिङ, बीमा, ऊर्जा, पूर्वाधार, दूरसञ्चार र पर्यटन क्षेत्रको अनुभवी व्यक्तित्वहरु रहेका छन् । बैंकको सञ्चालक समितिमा कर्मचारी सञ्चय कोषको तर्फबाट विरेन्द्र पौडेल सदस्य छन् । उनी कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक हुन् । कर्मचारी सञ्चय कोषको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेका पौडेलले संस्थागत प्रतिनिधित्व गरिरहेका छन् । तर बैंक लथालिङ्ग अवस्थामा सञ्चालन भइरहेको बैंकका कर्मचारीहरुले जनाएका छन् ।

बिज्ञापन

यस वर्षको दशैँअघि वितरण गरिएको तलबमा पेश्की वा मुनाफा (बोनस) समेत पाएका छैनन् । यस्का अलवा बैंकका शेयर लगानीकर्ताले लाभांश नै पाएका छन् । उक्त बैंकसँग २०७९ फागुनमा सिभिल बैंक गाभिएपछि आन्तरिक स्थिति सुदृढ हुने लगानीकर्ता र कर्मचारीको आशाविपरीत उनीहरुले त्यही बेलादेखि बोनस र लाभांश पाउन छाडेका हुन् । बैंकको खराब कर्जा ७ प्रतिशत देखाइएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा स्वीकृत कर्मचारी विनियमावलीबमोजिम सेवा अवधि पूरा गरी अवकाश भएका डेपुटी सिईओ उज्ज्वल राजभण्डारी अवकाशपछि पनि कार्यालय धाइरहेका थिए । जबकी, उनीसँगै अवकाश भएका अर्का डेपुटी सीईओ अनुप मास्के फर्किएर कार्यालय गएका छैनन् । राजभण्डारी अवकाश भएपछि उनको ठाउँमा अर्का डेपुटी सिईओ सुनीलप्रसाद गोर्खाली पदस्थापित भइसकेका छन् । उनले सूचना अधिकारीसमेतको जिम्मेवारी बहन गरिरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष