साहित्यकार तथा कवि गनेश पौडेल बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा पर्यटन तथा संस्कृति मन्त्री छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की १ को प्रत्यक्ष चुनाव जितेका पौडेल पोखराको मझेरीपाटनका बासिन्दा पौडेलका कृतिहरु पैताला र मुसा मानुस प्रकाशित छन् । उनै कवि तथा साहित्यकार मन्त्री पौडेल पछिल्लो समय विवादमा मुछिएका छन् । उनका मन्त्रालय मातहतबाट भएको नियुक्तिदेखि उनकै घर जग्गाको लफडामा मन्त्री पौडेल मुछिएका हुन । अटेरी अभियान हुँदै मन्त्री बन्न सफल भएका पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) को पोखरामा रहेको घरको लालपुर्जा र नक्सापास दुवै नभएको बिषय छरपष्ट भएको छ,अहिले सामाजिक सञ्जालमा । गणेश त्यही सरकारमा मन्त्री छन्,जुन सत्ता र सरकारले देशैभरी बुल्डोजर चलाएर हज्जारौं सुकुम्बासी लखेटेको थियो । तीमध्ये कतिपय होल्डिङ सेन्टरमा पुगे,केही त्यही बिते पछि सरकारको चर्काे आलोचना भएको थियो । सोही सरकारका एक मन्त्रीको घरदेखि रिर्सोट समेत लालपुर्जा नरहेको बिषय अहिले सार्वजनिक भएको छ ।
बिज्ञापन
साहित्यिक क्षेत्रमा सक्रिय पौडेलले विजयपुर खोलाको किनारमा वडा नम्बर १४ र २६ जोड्ने विजयपुर खोलासँगै तारे भिरमाथि मझेरी मञ्जिल नामक रेस्टुरेन्ट चलाएका छन्। पोखरामा रहेको मझेरी मञ्जिल रिसोर्टका मालिक पौडेलको ऐलानी जग्गामा निर्मित घरको विवाद सतहमा आएको हो । पौडेलको पोखरा महानगरपालिका–१४ मझेरिपाटन सेतो रंगको साढे एक तले घर रहेको छ। मन्त्री भएर काठमाडौं नआएसम्म उनी त्यही घरमा बस्दै आएका थिए। पौडेल निकट स्रोतका अनुसार सो घर पौडेलले नै बनाएका हुन्। तर सो घरको न त लालपुर्जा देखियो न त नक्सापास नै।
बिज्ञापन
उनै पौडेलले गरेका एक पछि अर्काे नियुक्तिहरु विवादित बन्न पुगेका छन् । यस अघि ८२ बर्षको बयोबृद्धलाई वायु सेवा निगममा नियुक्ति दिएर अदालतबाट झड्का खाएर समेत नचेतेका उनै गनेश पौडेलले पोखरेली कविदेखि गायिका आनीको नियुक्ति समेत विवादमा तानिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको प्रस्तावमा ३० असोज २०८३ को मन्त्रिपरिषद् बैठकले उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको थियो । लुम्बिनीको संरक्षण र विकास गर्ने संस्थामा आनी छोइङ डोल्माको नियुक्तिसँगै पुरानो वित्तीय अनुसन्धान, नागरिकताको विवाद सहतमा आएको छ । आनी छोइङको नियुक्तिपछि लुम्बिनी बचाउ महाअभियानले १ कात्तिक २०८३ मा पत्रकार सम्मेलन गरी निर्णय बदर गर्न सरकारसँग माग राख्दै आएको छ ।
यस अघि ८० वर्षका व्यक्तिलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक नियुक्त गर्ने निर्णय समेत गैरकानुनी भन्दै अदालतले उल्टाइदिएको छ । सरकारले ३० असार २०८३ मा ८० वर्षे महेश्वरभक्त श्रेष्ठलाई वायुसेवा निगमको कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको थियो । सो नियुक्ति समेत विवादमा परेको थियो ।
यस्तै,पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवमा आफ्नै जिल्लाबासी तथा कवि तीर्थ श्रेष्ठको नियुक्ति पनि विवादमा परेको छ। ६७ वर्षीय श्रेष्ठको नियुक्तिलाई लिएर उच्च अदालत पाटनमा रिट परेको छ भने नेपाल प्रज्ञा प्रतिष्ठानसहितका संगीत नाट्य एकेडेमीको नियुक्ति,नेपाल पर्यटन वोर्डका निमित्त सिइओलाई मन्त्रालयमा तान्ने निर्णय समेत विवादित बन्न पुगेको छ ।





























