राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको रहेको भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम भीसीटीएस प्रणाली प्राविधिक सुरक्षा संवेदनशीलताका कारण अस्थायी रूपमा बन्द भएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट एचपीएच तथा सोसँग सम्बन्धित प्रविधिमा गम्भीर कमजोरी देखिएको भन्दै बन्द गरेको हो। विभागले ‘अत्यन्त जरुरी साइबर सुरक्षा एडभाइजरी’ लाई मध्यनजर गर्दै उक्त प्रणाली अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।
बिज्ञापन
विभागले एक जरुरी सूचना जारी गर्दै राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट पीएचपी तथा सोसँग सम्बन्धित प्रविधिमा गम्भीर कमजोरी देखिएको र त्यसको दुरुपयोग हुन सक्ने भन्दै अत्यन्त जरुरी साइबर सुरक्षा एडभाइजरी प्राप्त भएकाले प्रणाली बन्द गरिएको जानकारी दिएको छ। विभागका अनुसार उक्त प्रविधिमा आधारित भएर सञ्चालन भइरहेको भीसीटीएस प्रणालीलाई थप सुरक्षित बनाउन हालका लागि सेवा स्थगित गरिएको हो।
बिज्ञापन
प्रणाली बन्द रहेको अवधिमा ढुवानी तथा व्यापारमा अवरोध नहोस् भन्नका लागि विभागले वैकल्पिक व्यवस्था गरेको छ। हाललाई नियमानुसार जारी गरिएका आधिकारिक बिलबिजक लगायत सम्बन्धित कागजातहरू सवारीसाधनमा साथमै राखी ढुवानी गर्न सकिने विभागले जनाएको छ। तर, आवश्यक सुरक्षा अद्यावधिक गरी प्रणाली पुनः सञ्चालनमा आउनासाथ सम्बन्धित सेवाग्राही, करदाता तथा निकायहरूले यथाशीघ्र सम्बन्धित ढुवानीको भीसीटीएस नियमानुसार जारी विभागले जनाएको छ।





























