कीर्ते कागजात बनाएर जग्गा बेच्ने मालपोत अधिकृत,नासु,कम्युटर अपरेटरविरुद्ध मुद्धा दर्ता

अमेरिकामा बस्ने व्यक्तिको नागरिकता र राष्ट्रिय परिचयपत्र बनाएर काठमाडौँको जग्गा कीर्ते कागजातबाट बिक्री गरेको आरोपमा १९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

बिज्ञापन

अमेरिकामा बस्दै आएका सुमित अग्रवालको काठमाडौं महानगरपालिका–१३, कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा नक्कली पहिचान र सरकारी कागजात तयार गरी बिक्री गरेको भेटिएपछि यसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हात हालेको थियो । (सीआईबी) को लामो अनुसन्धानपछि सरकारी कर्मचारी, बिचौलिया तथा अन्य संलग्न व्यक्तिविरुद्ध मुद्दा दर्ता भएकोमा चार जना फरार र एकजना हाजिर जमानीमा छुटेका छन् ।

बिज्ञापन

प्रहरी अनुसन्धानअनुसार प्रकरणमा नक्कली राष्ट्रिय परिचयपत्र तयार गर्ने प्रक्रियादेखि वडा कार्यालयको सिफारिस, मालपोतसम्बन्धी कागजात र जग्गा पास गराउने प्रक्रियासम्म विभिन्न व्यक्तिको संलग्नता रहेको आरोप छ। मुद्दा दर्ता गरिएकामध्ये मुख्य योजनाकार भनिएका राजन सिङ्घानिया फरार छन्। मुद्दा चलाइएका व्यक्तिहरुले अमेरिकामा बसोबास गर्दै आएका सुमित अग्रवाल (अडुकिया) को कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा कागजात कीर्ते गरेर बेच्ने काममा विभिन्न भूमिका खेलेका थिए । सो जग्गा नक्कली पहिचान तथा सरकारी कागजात बनाएर बिक्री भएको थियोे ।

यो प्रकरणमा मुख्य योजनाकार राजन सिङ्घानिया फरार छन भने विचौलिया मुस्ताफा आलम,वकील चौधरी थारु, जमन कुमार रोका,लेखापढी व्यवसायी राजाराम थापा,नासु पदक बहादुर थापा,दर्ता अपरेटर राधिका ढुङ्गेल,नासु रामराज पोखरेल पक्राउ परेका छन् भने काठमाडौँ महानगरपालिका वडा नं १३ का अध्यक्ष ध्रुव नारायण मानन्धर हाजिर जमानीमा छुटेको छन् । यस्तै कार्यालय सहयोगी सन्तबहादुर मानन्धर,वडा अधिकृत सुमनकुमार झाका अलवा भूमि प्रशासन र मालपोत कार्यालय कलंकीका टीका बहादुर कुँवर क्षेत्री (मालपोत अधिकृत),भूमि प्रशासन अधिकृत रोशन के सी,खरिदार पूजा लामिछाने,नासु ईश्वरबन्धु गौतम पक्राउ परेका छन् । अन्य तीन नासु चूडामणि पराजुली, रुद्र बहादुर वली र दीपकराज देवकोटा फरार छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष