नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

नेपालका अधिकांश सरकारी वेबसाइट डाउन भएका छन् । प्रोग्रामिङ ल्याङ्ग्वेज पीएचपीमा गम्भीर किसिमको सुरक्षा कमजोरी फेला परेपछि प्रणाली सुरक्षित गर्न, डेटा जोगाउन सरकारी वेबसाइट अफलाइन गरिएका हो ।

बिज्ञापन

विभिन्न सरकारी तथा निजी निकायले प्रयोग गर्दै आएको ‘पीएचपी’ प्रोग्रामिङ ल्याङ्ग्वेज र यससँग सम्बन्धित प्रणालीमा गम्भीर साइबर सुरक्षा जोखिम देखिएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले ‘साइबर सुरक्षा एड्भाइजरी’ जारी गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय अन्तर्गतको साइबर सुरक्षा केन्द्रले सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित सबै निकायलाई तत्काल आफ्ना प्रणाली जाँच तथा अपग्रेड गर्न आग्रह गरेको हो ।

बिज्ञापन

इन्टरनेटका अधिकांश प्रमुख वेबसाइट सञ्चालन हुने प्रोग्रामिङ ल्याङ्वेज पीएचपीमा दुई वटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि विश्वभर व्यापक साइबर आक्रमणको त्रास फैलिएको छ । यससँगै विश्वभरका वर्डप्रेस, अनलाइन शपिङ पोर्टल तथा अन्य व्यावसायिक वेबसाइटका एड्मिनिस्ट्रेटरलाई तत्काल आपत्कालीन सुरक्षा अपडेट लागु गर्न चेतावनी दिइएको छ । उक्त सुरक्षा कमजोरीले पीएचपीमा आधारित विश्वका ठुला वेब प्लेटफर्म जस्तैस वर्डप्रेस, ड्रुपल, जोम्ला र म्याजेन्टोलाई सिधै असर पुर्‍याएको साइबर सुरक्षा विज्ञहरूले जनाएका छन् ।

राष्ट्रिय साइबर सुरक्षा केन्द्र(एससीएससी) ले वेब प्रणालीहरूमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी फेला पारेको हो । यो जोखिम कम गर्न केन्द्रले वेबसाइट सञ्चालकहरूलाई अत्यन्त जरुरी साइबर सुरक्षा सतर्कता (एड्भाइजरी) जारी समेत गरेको छ।

बिज्ञापन

केन्द्रका अनुसार हाल वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालनका लागि प्रयोग गरिने पीएचपी र सोसँग सम्बन्धित प्रणालीहरू अपाचे, पीएचपी-एफपिएम, लाइटस्पिड आदि तथा सामग्री व्यवस्थापन प्रणालीहरू वर्डप्रेस, जुम्ला, ड्रुपल, म्याजेन्टो आदिमा दुई वटा गम्भीर प्राविधिक सुरक्षा कमजोरीहरू देखिएका छन्।

यस्ता कमजोरीका कारण सरकारी तथा गैरसरकारी निकायका अनलाइन प्रणालीहरूमा साइबर आक्रमणकारीले अनधिकृत पहुँच पुर्‍याउने वा क्षति पुर्‍याउने उच्च जोखिम रहेको केन्द्रले जनाएको छ ।

साइबर जोखिमबाट बच्न केन्द्रले सम्बन्धित सबै निकायहरूलाई तत्काल देहायबमोजिमका सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सुझाव दिएको छ ।

१. प्रणाली अपग्रेड गर्नुपर्ने : प्रयोगमा रहेका पीएचपी प्रणालीहरूलाई यथाशीघ्र सुरक्षित संस्करणहरू (८.२.३५+, ८.३.३६+, ८.४.२७+ वा ८.५.१२+) मा स्तरोन्नति गर्नुपर्नेछ।

२. पुराना संस्करण अनिवार्य रूपमा विस्थापन गर्नुपर्ने : पीएचपी ८.१ वा सोभन्दा पुराना संस्करणहरूको सुरक्षा सुधार (प्याच) उपलब्ध नहुने भएकाले त्यस्ता वेबसाइट तथा प्रणालीहरूलाई अनिवार्य रूपमा नयाँ सुरक्षित संस्करणमा सार्नुपर्ने ।

३. सेवा पुनःसञ्चालन : प्रणालीमा सुधार गरेपछि नयाँ सुरक्षित फाइलहरू पूर्ण रूपमा कार्यान्वयनमा आउनका लागि वेब सेवाहरू (जस्तै: अपाचे, पीएचपी-एफपीएम आदि) लाई अनिवार्य रूपमा रिस्टार्ट गर्नुपर्ने।

४. तत्काल सुधार नभए प्रणाली आइसोलेट गर्नुपर्ने : यदि कुनै प्रणाली तत्काल स्तरोन्नति वा सुधार गर्न सम्भव नभएमा सम्भावित साइबर आक्रमणबाट जोगाउन त्यस्ता प्रणालीलाई सार्वजनिक इन्टरनेटको पहुँचबाट हटाएर सुरक्षित आन्तरिक सञ्जालमा मात्र राख्न वा अस्थायी रूपमा सेवा बन्द गर्न केन्द्रले आग्रह गरेकाे छ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष