बिज्ञापन
चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सो नाका कात्तिक १ अर्थात भोलिदेखि ३ दिनसम्म खुल्ने भएको हो ।
बिज्ञापन
मन्त्रालयका अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ । दशैँ पर्वलाई लक्षित गर्दै नेपाली बजारमा उपभोग्य वस्तुहरूको आपूर्ति सहज र व्यवस्थित बनाउन नेपाली पक्षले गरेको विशेष आग्रहलाई सम्बोधन गर्दै चिनियाँ पक्ष नाका खोल्न सहमत भएको हो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























