बिज्ञापन
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १७ जना शाखा अधिकृतलाई गृहमा इन्ट्री भएका छन् ।
भूमि व्यवस्था सहकारी मन्त्रालयको अत्तिरिक्त समूह,सूचना तथा सञ्चार मन्त्रालय,वन मन्त्रालय,जिल्लास्थित हुलाक कार्यालय,निर्वाचन कार्यालय,सार्वजनिक खरिद,राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा कार्यरत रहेका ती अधिकृतहरु गृहमा इन्ट्री भएका हुन ।
सरुवाको सूची अनुसार रक्षा मन्त्रालय बलाधिकृत विभागमा कार्यरत रहेकी जानुका काफ्ले,जिल्ला हुलाक कार्यालयबाट सीता साम्बा,सूचना तथा सञ्चारबाट ठानेश्वर पराजुली,वन तथा भूसंरक्षण विभागबाट इन्दिरा ज्ञवाली,भूमि (अतिरिक्त) समूहबाट मोहन केसी,सार्वजनिक खरिद अनुगमन सावित्री पाण्डे,प्राकृतिक स्रोत तथा वित्त आयोगबाट शर्मिला लामिछाने,कैलालीस्थित जिल्ला निर्वाचन कार्यालयबाट प्रेमराज भट्ट,राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत राजेश सुवाल गृहमा इन्ट्री भएका छन् ।
यस्तै,घरेलु तथा साना उद्योग कार्यालय,धनुषाबाट मेनका कुमारी,भूमि व्यवस्था,सहकारी मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश बञ्जारा,उमेशचन्द्र लम्साल,लक्ष्मी प्रसाई पनि गृहमा सरुवा भएका छन । केरावारी गाउँपालिकाबाट अंकित मग्राती,पर्सास्थित हुलाक कार्यालयबाट नामोनाथ प्रसाद यादव,जिसस भक्तपुरबाट राजाराम खतिवडा र प्रदेश प्रमुखको कार्यालय,कास्कीबाट सीता सापकोटा गृहमा भित्रिएका हुन ।





























