मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । उनले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीहरूको स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्ने संस्था समेत सञ्चालन गर्दै आएका थिए । मलेसियामा रोजगारीमा जाने कामदारहरूलाई आर्थिक भार थप्नेगरी बढी पैसा लिएर ‘सिण्डीकेट’ चलाएको आरोपमा ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको थियो । खड्काको समूहले तोकेको स्वास्थ्य संस्थामा कामदारहरूको स्वास्थ्य परीक्षण गरिँदै आएको थियो । खड्का स्वास्थ्य व्यवसायी सङ्घका अध्यक्ष र वैदेशिक रोजगार बोर्डका सदस्य समेत रहेका खडकामाथि विदेश जान मेडिकल गर्ने संस्थाहरूले नै ‘सिन्डिकेट’ चलाउँदै आएका थिए ।
प्ररीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार खड्कालाई ललितपुरबाट पक्राउ गरेको हो । उनीमाथि ठगीको उजुरी परेको थियो ।
म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ
0%
0%
0%
0%
0%
0%





























