संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
बिज्ञापन
गत असोज २० गतेको बैठकले सर्वोच्चमा चार न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिको गत असोज २६ गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट सुरु हुने गरी १० दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिले जनाएको छ ।
बिज्ञापन
समितिका अनुसार कार्तिक ९ गतेदेखि उजुरी दिन सुरु भएपछि १९ गतेसम्म दिन सकिनेछ । उजुरी आह्वानको समय सीमा सकिएपछि समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइको प्रक्रिया अघि बढाउने छ ।
बिज्ञापन





























