लोक सेवा आयोगले ठूलो संख्यामा उपसचिव पदमा विज्ञापन खुला गरेको छ । आयोगले निजामती सेवा र स्वास्थ्य सेवा,राष्ट्रिय मानव अधिकारका पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । विज्ञापनअनुसार आयोगले खुला,आन्तरिक प्रतिष्प्रर्धातर्फ गरी सयौंका संख्यामा विज्ञापन खुलाएको हो । आयोगले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्धारा पदपूर्ति गर्नुपर्ने प्राविधिक तथा अप्राविधिक राजपत्रांकित द्धितीय श्रेणी र राष्ट्रिय मानव अधिकार आयोग सेवाका अधिकृत द्धितीय श्रेणीका पदका लागि दरखास्त आह्वान गरेको हो ।
आयोगको सूचना अनुसार,अप्राविधिकतर्फ परराष्ट्रमा १,प्रशासन सेवा सामान्य प्रशासन समूह १०,लेखा समूह ९ र लेखापरीक्षण ९ गरी कूल २९ पदका लागि दरखास्त आह्वान गरेको छ । यस्तै,आयोगले राष्ट्रि मानव अधिकार आयोगका उपसचिव पदमा एउटा विज्ञापन खोलेको छ । यता प्राविधिकतर्फ आर्थिक योजना तथा तथ्यांकतर्फ १,इन्जिनियरिङभित्रका विभिन्न समूहहरुतर्फ विज्ञापन खोलेको छ । जसमा सिभिल,माइनिङ,मेट्रोलोजी,मेटेरियोलोजी,जियोलोजी,केमेष्ट्री लगायतका सेवा समूहतर्फ गरी कूल १९ पदमा विज्ञापन खोलेको छ ।
बिज्ञापन
आयोगले वन सेवा समूहतर्फ जनरल फरेष्ट्री,स्वायल एण्ड वाटर कन्जरभेसन,बोटानी,नेशन पार्कस एण्ड वाइल्ड लाइफ र वातावरणतर्फ गरी ११,शिक्षा सेवा समूहका छविकला,पुरातत्व,विविध गरी ८ जना उपसचिव पदका लागि विज्ञापन खुलाएको छ । जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि आयोगले शिक्षा सेवा समूहतर्फ ८,वन सेवा समूहतर्फ ११,प्राविधिकतर्फ १९ र प्रशासन सेवाका २९ र मानव अधिकार आयोगतर्फ १ गरी कूल ६९ पदमा दरखास्त आह्वान गरेको छ । यस्तै, कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवातर्फ ६१ पदका लागि दरखास्त आह्वान गरेको छ । यी पदमा गरी कूल १३० जना उपसचिवका लागि आयोगले विज्ञापन गरेको छ ।
उता स्वास्थ्य सेवातर्फ नवौं तहका लागि विभिन्न सेवा समूहतर्फ ५९ पदमा आयोगले विज्ञापन खुलाएको छ । यस्का अलवा आयोगले आन्तरिक प्रतिष्प्रर्धा र खुला गरी ठूलो संख्या विज्ञापन खुलाएको छ ।





























